नेपाली सांगीतिक आकाशमा एक पछि अर्को आशलाग्दो सांगीतिक समुह देखा पर्दै छ| केहि दिन अगि गोर्खाली तक्माले सबैको ध्यान खिच्यो र अझै सेलायाको छैन| अहिले फेरी अर्को समुह आयको छ आफ्नो पहिलो प्रयास “बरी लै ” लियर, यो समूह हो “पहेंलो बत्ति मुनि”| यसमा ५ जना सदस्य छन्,दिपेश कुँवर (Bass), बिक्रम बश्याल (Guitar), किरोज बज्राचार्य (Percussion)
प्रवेश थापा मगर (Guitar), रोचक दाहाल (Vocal) |
यो गितलाइ mixing, mastering गरेका छन् रोहित शाक्यले| शैलेन्द्र पौड्यालको निर्देशनमा बनेको भिडियोको कन्सेप्ट तथा सम्पादन शशांक श्रेष्ठको रहेको छ जसलाई धेरैले मन पराउने छन्| गीतको सब्द संगीत प्रसंसनिय छ तर भोकलमा केहि मिहिनेत गर्न सकिने ठाउँ देखिन्छ| सफलताको शुभकामना छ पहेंलो बत्ति मुनि समुहलाई |