महिलाको हाइट कति ठिक ? भिडियो हेर्नुस

5 by 5सुन्दरतालाई विभिन्न कुरा संग तुलना गरेर ब्याख्या गर्ने गरिन्छ| चाहे त्यो आँखा होस् या अनुहार या ओठ या पुरै रुप रंग| खास गरि सुन्दरताको कुरामा मक्ख पार्नको लागि आफुमा भएको बिशेषता वा शारिरिक बनावटलाई बढाइ चढाइ गरेर ब्याख्या गरेको पाइन्छ । म यती गोरी , म यती राम्री, म यती अग्ली, म यती हँसीली, यस्तै यस्तै । तर यती बेला बजारमा डेनी रेग्मीको स्वरमा सजिएको एउटा गीतको भिडियो सार्बजनिक भएको छ जसलाई गीतकार किरण वरालले चलनचल्तीकै शब्द राखेर भिन्न बनाइदिएका छन् । भिन्न यस अर्थमा कि गीतमा आफुलाई बढी या घटी केही नभएर ठिक्ककी हुँ भन्ने भाव पाइन्छ । गित अनुसार ५ X ५ को हाइटलाइ ठिक्कको भनियको छ|

चलचित्र तथा एल्बमका गीतका चर्चित संगीतकार दिपक शर्माको संगीतमा सजिएको ‘पाँच बाई पाँच म त ठिक्ककी’ बोलको यस गीतमा उदय पौडेलको संगीत संयोजन रहेको छ । देबेन्द्रराज पाण्डेद्वारा निर्देशित गीतको भिडियोलाई रबिन्द्र वरालले क्यामरामा कैद गरेका छन्। नायिका निता ढुंगाना र नायक रंजन रिमाल द्धारा अभिनित यस भिडियोमा डान्सिङ प्याट्रन निर्माण भने आशिष घिमिरेले गरेका हुन् ।

यस भन्दा अगाडी ’‘मैले चोलीको तुनामा’ बोलको गीत गाएर स्रोता माझ चिनिएकी गायिकाले यस गीतले आफ्नो सांगीतिक पहिचानलाई अझ धेरै दर्सक माझ फैलाउने बिस्वास लिएकी छन् । आशिष एल्बममा समेटिएको यस गीतलाई भिजन नेपाल फिल्मस एण्ड इन्टरटेनमेन्टको सहकार्यमा रास क्रिएसनले बजारमा ल्याएको हो । शुभकामना छ ५ X ५ टिमलाई|