शिव पलाँसको  म मर्दा को – को  मलामी आए

Shiva Palas - Antim Bidai

एक दशकदेखि अमेरिका  बस्दै आएका साहित्यिक स्रष्टा  शिव पलाँसको  म मर्दा को – को  मलामी आए बोलको नयाँ सांगीतिक गजल  सार्वजनिक भएको छ । मृत्युबोध  गरिएको यो गजलमा  मान्छेहरुको  दोहोरो चरित्र र हराउदै  गएको समवेदना प्रति ब्यङ्य पनि गरिएको छ । 

नवगायक  केशव बादीको संगीत तथा स्वर रहेको गजललाई दिक्षित पौडेलले एरेन्ज गरेका हुन् भने सम्पूर्ण ताम्रकारले रेकर्डिङ , मिक्सिङ र मास्टरिङ  गरेका हुन् । गायनमा उदाउदै गरेका केशव बादीले गजलका शब्दहरुमाथि न्याय हुने गरि संगीत सृजना गर्न र स्वर भर्न आफूले सम्पूर्ण कोशिश गरेको बताए । यस गजललाई पलाँस क्रिएशन युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक गरिएको छ । 

हाल अमेरिकाको  नर्थ क्यारोलाइना निवासी गीतकार पलाँस दुई दशकदेखि साहित्य लेखन र गीति सृजनामा निरन्तर क्रियाशिल सर्जक हुन्  । उनको मायाँ गर्नुको अर्थ गीति पुस्तक  प्रकाशित छ ।  पलाँसका शब्दमा ख्यातिप्राप्त कलाकार  दीप श्रेष्ठ ,  कर्ण दास ,  शिशिर योगी , बि बि अनुरागी ,  सन्जु थापा , प्रमोद खरेल देखि नयाँ पुस्ताका समिक्षा अधिकारी ,  रचना रिमाल र बाल कलाकार अनुजा कडरिया  सम्मले संगीत र स्वर मिसाइसकेका छन् । माया गर्नुको अर्थ ,  बेहोशीमै छोडी गयौ ,  खोकी लाग्दा हररो , खुकुरीलाई अचानोमा ,  छोरी , गन्दै जाँदा पिरतीमा  लगाएतका उनका गीत लोकप्रिय  छन् ।