सबिन लिम्बुको “किन रुन्छ मन” हेर्नुस

13084071_10206212807055919_227051947_nगाउने रहर सबैलाई हुन्छ फरक यत्ति हो कोहि आफैमा गुन गुनाउछन, कोहि कोठा भित्र भने कोहि सार्बजनिक रूपमा| यसरि सार्बजनिक भयका छ नया गायक सबिन लिम्बु जसले थपेकाछन, नेपाली सांगीतिक फाँटमा एउटा सांगीतिक दस्ताबेज “उत्सब”| उक्त एल्बममा रहेको आधुनिक धारको “किन रुन्छ मन” गित चर्चा बटुल्ने क्रममा छ| सब्द संगीत उत्तम भण्डारीको रहेको उक्त गीतमा संगीत संयोजन तथा मिक्सिंग टंक बुढाथोकिले गरेका छन् | लाल बहादुर सुब्बाले निर्देशन गरेको भिडियोमा भने किफायती काम गरेको प्रस्ट झल्किन्छ|
मेलोडियोस गित मन पराउनेका लागि यो गित पक्कै मन पर्ने छ| बिछोडियको मान्छेको यादमा आधारित यो गितले सांगीतिक आकाश छुदै जाओस, हाम्रो शुभकाना||