हिकारी सङ्ग गिफ्ट इन् नेपाल

13036328_1717296271887945_1034319996_o नेपालमा २०७२ बैशाख १२ गते विनाशकारी भूकम्प गएको एक बर्ष वितेको सम्झनामा यहि आउँदो आइतबार बैशाख १२ गते भक्तपुर दरबार स्क्वायर क्षेत्रमा एक भव्य सांगीतिक कार्यक्रमको आयोजना हुन गई रहेको छ । हिकारी सङ्ग गिफ्ट इन् नेपाल नाम दिइएको उक्त कार्यक्रम जापानीज गायिका आवइ् सानुको साँगितिक प्रस्तुति रहने छ साथमा उनीले जापानमा आफ्नो साँगेतिक कार्यक्रमहरुमार्फत संकलन गरेको सोलार लाइटहरु पनि भक्तपुर आशपाशका भूकम्प पिडितहरुलाई वितरण गर्ने कार्यक्रम रहेको छ । जापानमा सन् २०११ मा सुनामी आउँदा त्यहाँ रहेका थुप्रै नेपालीहरुलेजापानीजहरुलाई विभिन्न प्रकारले सहयोग गरेका थिए र गएको साता पनि जापानमा भूकम्प जाँदा त्यो साथ अझै पनि नेपालीहरुबाट पाएका छौं । सायद असल मित्रता यसैलाई भनिन्छ र यसको संवाहक बनेर हिकारी अर्थात् जापानीज भाषामा लाइट अनि संगितको उपहार लिएर आवइ आएकी छिन् ।
13052574_1717296275221278_526724039_o‘1 year of devastation, an initiation to light a hope’ यहि मूल सन्देशका साथ आयोजना हुन गइरहेको यस कार्यक्रममार्फत भक्तपुरको पर्यटन उद्योगलाई पनि टेवा पुग्नेसाथै हामी नेपालीहरुले पनि पुनस्र्थापनाको लागि अझै धेरै कुरा गर्न बाँकि छ भन्ने कुराको जिम्मेवार बोध गराउने आयोजकहरुको विश्वास पनि छ ।
Aoi Sano present’s Hikari Song Gift In Nepal कार्यक्रममा जापनीज गायिका आवइ् सानुले यसै कार्यक्रमको लागि उनको विशेष सिर्जना A Thousand Light-Shanti  (हजार प्रकाश–शान्ति)को प्रस्तुति पनि रहने छ । अपरान्ह ४ बजेबाट शुरु हुने यस कार्यक्रममा नेपालका विभिन्न सांगीतिक समूहहरुले साथ दिनेछन्ः भैरवी व्याण्ड, मन्ड व्याण्ड, दत्तात्रय महिला धिमे समूह अािद ।
नेपाल सरकारद्वारा सार्वजनिक विदा घोषणा गरिएको बैशाख १२ गतेको यस दिनमा आयोजना हुने यस कार्यक्रममा प्रवेश निःशुल्क गरिएको छ र यसै कारण पनि आयोजकहरु काठमाडौ उपत्यकाको सबै शहरहरुबाट ठूलो जन–सहभागिता हुने कुरामा विश्वस्त छन् ।