सानै देखि गीत संगीत रुचि हुदै आएका अनि सिन्धुलीमा जन्मेर बिभिन्न प्रतियोगितामा भाग लिदै आएका गायक राम बज्यू तामांगको “तिमि हास्दा डिम्पल पर्छ” बोलको नयाँ गीत सार्बजनिक भएको छ । नेपाल आइडलको Top 60 मा पुग्न सफल भएका गायक राम बज्यू तामांगको यो गीत “तिमि हास्दा डिम्पल पर्छ” मा दिपक भट्टराई ” निश्चल”को शब्द रचना अनि संगीतकार हरि लम्सालको संगीत रहेको छ । गीतमा डिम्पलको कुरा गरियता पनि भिडियोमा भने डिम्पल देखिदैन। Find More …
गितकार डिल्ली चन्दको शब्दमा रहेको नयाँ गित “भुल भए माफ गर” “अंशु” गिति एल्बमको आधुनिक गितको रेकर्ड कार्य सकिएर पनि यसको म्युजिक भिडियो बनेको छ । त्रिकोणात्मक प्रेम मा आधारित शब्दमा रहेको उक्त गित पछिल्लो समयमा अन्जु पन्तको जिवन सङ्ग मेल खाने भएको हुदा उक्त गित रेकर्डिङ गर्दा उनि भाबुक भएकी थिईन ।
सामान्य बोलि चालीमा होस् या गायकी मा मिठासपूर्ण स्वर भयका गायक हेमन्त शर्माले २ महिनामा ३ ओटा गीतका भिडियो सहित श्रोता दर्शक माझ आयर ह्याट्रिक गरेका छन्। निरन्त्तर नेपाली गित संगीतमा लागि परेका गायक हेमन्त शर्माले केहि समय अगि डम डम डम बज्यो बोलको गित सार्बजनिक गरेका थिय जसमा आफनै शब्द , संगीत समेत रहेको थियो। भिडियोमा दुर्गेश थापा र प्रियंका कार्कीको जोडीलाइ पहिलो पटक पर्दामा उतारेका थिय गायक शर्माले निर्देशक बनेर।
नवलपरासी जन्मथलो तर काठमान्डूलाइ कर्मथलो बनाउदै आयका गायक सन्जिब कुमार पौडेलले करीब डेढ़ वर्ष देखीको अथक परिश्रम पछि तेस्रो एकल एल्बम “अस्तित्व”का साथ श्रोता माझ आयका छन्। नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बरिष्ठ गीतकार तथा साहित्यकार यादव खरेलको प्रमुख आतिथ्य तथा कला क्षेत्रका गन्य मान्य ब्यक्तित्वहरुको समुपस्थितिमा सो एल्बमको बिमोचन गरिएको हो । गायक भन्छन “यो समाज केही नगरी बस्नेलाई हेर हेर काम न धाम, खाने बेला तिन पाथी माम भन्छ, केही गर्ने कोशिश ग-यो हेर किन ग-या होला केही हुने होईन यही समाज भन्छ। जसरी पनि गाली नै खाने हो। मैले केही गरेरै गाली खाने निर्णय गरे फलस्वरूप तेस्रो एकल एल्बम सम्म आइपुगेको छु। सफल असफल त भाग्यको कुरा हो। सबै मेहनत गर्ने मान्छेहरु कहाँ सफल छन र, तर जो सफल छ उसले अवश्य पनि धेरै मेहनत पश्चात सफलता हासिल गरेको हुन्छ। कि त भगवानलाई थाहा छ कि त मेरो आत्मालाई थाहा छ या त म जस्तै संगीतमा लाग्नेलाई थाहा छ एउटा गीतको रेकर्डिंग गरेर त्यसलाई उचित ढंगले श्रोता माझ पू-याउन कति मेहनत लाग्छ भनेर।