हामीले सुन्ने गरेका छौँ कि- प्रेममा सफल हुने मान्छेहरु प्रेमको शिखरनै पुग्ने गर्दछन् । प्रेमको शिखर अर्थात प्रेम शिखर छुन प्रेममा निकै समर्पण चाहिन्छ। प्रेम एक यस्तो चिज हो जुन कसैप्रति बसिसकेपछि छुट्न छुटाउन कठिन पर्दछ,आफुले मन पराएको मान्छेले वास्ता नगरेपनि उस्लाई नै पछ्याईरहने ईच्छा जागिरहन्छ, उसले घृणा गरेपनि, घात गरेपनि खुशिका साथ उसैलाई नै सबथोक ठान्ने विशाल सोचाई हुन्छ । हो यस्तै मर्मस्पर्शी प्रेमभाव प्रस्फुटित भएको सुन्दा आनन्द आउने कर्णप्रिय एउटा गीत र यस गीतमा आधारित म्यूजिक भिडियो अहिले यु ट्युब मार्फत नेपाली सांगीतिक बजारमा सार्वजनिक गरिएको छ । चर्चित युवा गीतकार देवदत्त भट्टको कुशल गीत लेखनको अर्को उत्कृष्ट सृजना स्वरुप आएको यो गीत “मर्नु भन्यौ भन्नलाई त” साँच्चैनै समर्पित प्रेमको उच्च भावनात्मक स्वरुप झैँ लाग्दछ ।
मर्नु भन्यौ भन्नलाई त, मर्न कहाँ सक्छु र म !
प्रेम शिखर नछोईकन झर्न कहाँ सक्छु र म ! Find More …
प्रेम वियोगको भावलाई सरल शब्दहरुमा अभिव्यक्त गर्दै एउटा निक्कै कर्णप्रिय गीत बनाएका छन् चर्चित गीतकार देवदत्त भट्टले । “Devdatta Bhatta’s Lyrics” एल्बम भित्र समावेश यस गीतलाई Sky Digital ले प्रस्तुत गरेको हो । गीत अनुसारको उत्कृष्ट भिडियो यु ट्युब मार्फत सांगीतिक बजारमा सार्वजनिक भएको छ । लोकप्रिय गायक आनन्द कार्किको आवाजमा सजिएको उक्त गीतमा सामवेद को संगीत सुन्न सकिन्छ ।