कसरी भनुँ नजाउ भनि जानुछ तिमीले,
टाढिनै पर्यो रोएर अब भेट् होला कहिले !
हाम्रो भेट् होला कहिले !
लोकप्रिय गायक आनन्द कार्कीको स्वर, चर्चित गीतकार देवदत्त भट्टको रचना अनि सामवेदको संगीतको एउटा कर्णप्रिय गीत नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ । सुन्दा मिठो लाग्ने निर्देशक विजयराज भुर्तेलको निर्देशनको यस गीतलाई उत्कृष्ट म्यूजिक भिडियो मार्फत अझै सुनमा सुगन्धझैँ पारेका छन् मोडल कलाकार अनुराज नेपालीले । अन्य कलाकारहरुको साथमा आफ्नो कुशल अभिनय प्रस्तुत गरेर यस गीतलाई न्याय गर्न सफल उनै कलाकार मोडल अनुराज नेपालीको कलाकारीता पेशा हिजो आज ब्यवसायिक रुपले अगाडी बढिरहेको छ । Find More …