गायिका आस्था राउतले एल्बम ‘आधार २’ मा समावेश गरिएको गित ‘यानी माया’ लाई भिडियो सहित म्युजिक नेपालको अफिसियल यूट्यूव च्यानलबाट घटस्थापनाको दिन पारी सार्वजनिक गरेकी छिन्। संगीतकार तथा गीतकार सुरेश अधिकारी संगको सहकार्य आस्थाका लागि लाभदायक हुदै आयको छ। गाउले परिवेश बिशेष गरि माछा छोप्ने तथा माछिको जाल बुन्ने महिलाको भावनालाई गीतमा प्रस्तुत गरियको छ। सुरेश अधिकारीकै शब्द र संगीत रहेको यो गीतमा संगीत संयोजन महाराज थापाको रहेको छ। आस्थाको गायन तथा स्वर को एउटा छुट्टै ब्रान्ड छ, जसको स्वाद यो गीतमा पनि पाउन सकिन्छ। Find More …