चलेको चलनलाई भन्दा मनको जलन प्रस्तुत गर्ने गीतकारका रुपमा परिचित गीतकार मनिष बशिष्ठ को रचना , रिदम कंडेलको संगीत अनि सनुप पौडेलको स्वरमा एउटा फरक गित “ख्वाब ” सार्बजनिक भयको छ।
लगभग ४ बर्ष अघि बनेको गीतलाई कसरि प्रस्तुत गर्ने भन्ने बारे धेरै सोच बिचारहरू आएँ र धेरै प्रयासहरू विफल पनि भए। अन्तमा नबिन निरौलाको सोचाई मा बन्यो एनिमेटेड भिडियो। भिडियो बनाउन गरेको मिहिनेत त झल्किन्छ तर सधै चकलेटी , एउतै खाले अनुहार हेर्न पल्केका दर्शकले कसरि लिने हुन् हेर्न बाकि छ। Find More …
जीवन भन्दा धेरै दुख्ने घाउ भेटिएन |
संचारकर्मीका रुपमा परिचय बनाएका सतीश चापागाईंको ‘सरकार चाहियो’ बोलको गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत रहेको छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिंग श्याम श्वेत रसालीले गर्नु भएको हो भने प्रिज्मा रेकर्डिङ्गमा गीत रेकर्ड भएको हो। मिलन श्रेष्ठले सम्पादन गर्नुभएको म्युजिक भिडियोको निर्देशन रामजी ज्ञवालीले गर्नुभएको छ ।