सतीश चापागाईको ‘फुटेको छु शीशाजस्तै’ सार्बजनिक

गायक रामकृष्ण ढकालको ‘फुटेको छु शीशाजस्तै’ बोलको गीत भिडियो सहित सार्बजनिक भएको छ ।

संगीतकार राजनराज सिवाकोटीको संगीत दिएको यस गीतका गीतकार सतीश चापागाई हुन । गीतमा संगीतसम्योजन चाद सिंह ले गरेका छन् भने रेकर्डिङ्ग , मास्टरिङ्ग ए वान स्टुडियोका किशोर थापा ले गरेका छन्। डी जे राजु सिंह ले निर्देशन गरेको म्युजिक भिडियोमा गायक ढकालले नै अभिनय गरेका छन् भने शिबु श्रेष्ठ ले सम्पादन गरेका छन्। Find More …

शिव पलाँसका गीत पुस्तकमा

माया गर्नुको अर्थ, आगो भन्ने जान्दा जान्दै, गन्दै जाँदा पिरतीमा जस्ता लोकप्रिय गीतका सर्जक शिव पलाँसको गीत संग्रह बजारमा आएको छ । ‘अनेसास शब्द सारथि’ कार्यक्रमबाट  कृति सार्वजनिक गरिएको हो । कार्यक्रममा अग्रज गीतकार, समालोचक डा कृष्णहरि बरालले पलाँसका गीतमा रुपक, अलंकार, बिम्ब, प्रतीक, सँगसँगै कला र शिल्पको लोभलाग्दो तालमेल भएको बताए । विभिन्न भावका सर्वकालिक गीत पलाँसको कृतिमा रहेको बरालले उल्लेख गरे । उनले भने, ‘पलाँस महात्वपूर्ण गीतकार रुपमा स्थापित भएका छन् । उनका गीतमा प्रेम, मिलन, विछोड, देशभक्ति, समाजको चित्रण त छँदै छ, विसंगत जीवनदृष्टिसमेत आएको छ ।’ साहित्यकार डा. ऋषि बस्ताकोटीले पलाँसका गीत पढ्दा नै गीत भएको महसुस गराउने, लय र अन्तध्र्वनि समाहित भएको उल्लेख गरे । उनले पलाँसका कतिपय गीत दिमाग खल्बल्याउने र मुटु झस्काउने खालका भएकोसमेत टिप्पणी गरे । सरल तर बिम्बात्मक शब्दमा गहन मनोविज्ञान हुनु पलाँसको विशेषता भएको उनको ठम्याइँ छ । Find More …