चार स्रष्टा सम्मानित

13555616_537178026483831_1939954316_oनेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले सोमवार राष्ट्रपति बिद्यादेवी भण्डारीको बाहुलीबाट चार स्रष्टाहरुलाई नेपाल संगीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार प्रदान गरेको छ। गएको बर्ष नाटक निर्देशक गायक हरिप्रसाद रिमाल, संगीतकार चन्द्रराज शर्मा, नृत्य निर्देशक भैरव थापा र वाद्यवादक न्हुच्छेबहादुर डंगोललाई लाई प्रदान गरिएकोमा यस पटक संगीतकार तथा वेलावादक गोपालनाथ योगी, लोकगायक प्रचण्डबहादुर बुढाथोकी, नाट्यकर्मी महेन्द्र मलब्गीया र नाट्यकलाकार शकुन्तला गुरुब शर्मालाई पुरस्कार बाट सम्मानित गरिएको हो।सम्मान कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रतिष्ठानका उपकुलपति एवम् संगीतकार सम्भूजित बास्कोटाले संगीत र नाटक जगतमा बिशिष्ट योगदान गर्ने स्रष्टाहरुलाई सम्मान गर्न पाउदा गैरव महसुस भएको बताएका थिए।

सम्मानित भएका संगीतकार तथा वेलावादक गोपालनाथ योगीले नेपाली संगीत जगतमा ५ दशक योगदान गरेका थिए। रेडियो नेपालमा वेलावादक भएर छिरेका उनले नेपाल प्रज्ञा प्रतिष्ठानमा वाद्यसंगीत निर्देशकको रुपमा आफ्नो जीवनको लामो उर्जाशिल समय बिताएका थिए। मैलिक एश्वर्य रागको समेत रचना गरेका उनले अमेरीका स्थित पोर्टल्यान्ड र ओरेगन युनिभसि र्टीमा नेपाली मौलिक संगीतबारेमा अध्यापन गराएका थिए।यता अर्का सम्मानित लोकगायक प्रचण्डबहादुर बुढाथोकीले पनि लोक संगीत, लोक गायन र अनुसन्धानमा ५ दशक गुजारेका थिए।थुप्रै पुस्तकको समेत रचना गरेका उनी प्रगतिशिल संगीत क्षेत्रका अहिलेपनि क्रियाशिल छन्। भारतमा जन्मिएर पनि जनकपुरलाई कर्मथलो बनाएर विगत साढे ४ दशक नाट्य जगतमा योगदान गरेका महेन्द्र मलब्गीयालाई पनि पनि योगदानको कदर गर्दै सम्मानित गरीएको थियो। मेैथली तथा हिन्दी नाटक र एकाड्ढीमा कलम चलाएका उनी बिभिन्न भारतिय नाट्यसंस्था संगपनि आवद्ध रहेका छन्। यता फिल्म र नाटकमा ११ बर्षकै उमेर देखी लागेकी शकुन्तला गुरु ब शर्मालाई पनि नेपाली नाट्य जगतको श्रीवृद्धि गरेमा सम्मान गरिएकको हो।

सम्मानित सबै स्रष्टाहरुलाई राष्ट्रपति बिद्यादेवी भण्डारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रि आनन्द प्रसाद पोखरेलले हरेकलाई नगद एक लाख एक रुपैया सहित ताम्रपत्र प्रदान गरेका थिए। सम्मान प्रदान गदै बिद्यादेवी भण्डारीले संगीत, नाट्य र नृत्यले मानिसको पहिचान भएको र यसले देशको मौलिकता बोक्ने भएकाले पनि देशको नाम कलाक्षेत्रबाट अन्तराष्ट्रिय जगतमा पुर्एको भन्दै सम्मानित स्रष्टाहरुको प्रशंसा गरेकी थिईन्। ‘लामो साधनाबाट प्राप्त भएका यि सम्मानहरुले नयाँ पुस्ताहरुलाई समेत जोश प्रदान गर्ने भएकाले पनि यस्ता सम्मानको ठुलो मूल्य रहने छ’ भण्डारीले बताईन।राष्ट्रपतिले प्रतिष्ठानले स्रष्टाहरुको सम्मान गर्ने परम्परा बसालेको समेत खुसी लागेको बताएकी थिईन्।

यता प्रतिष्ठानको कुलपति भक्त श्रेष्ठ ­सरुभक्त)ले पनि आधुनिक विश्वमा दिर्घ साधनाको कदर गर्दै सम्मान गर्न पाउदा खुसीलागेको बताएका थिए। उनले यस कार्यले आगामी दिनहरुमा समेत निरन्तरता पाउने बाचा गरे।