तनहुँ जिल्ला र मनपाङ गा.बि.स.को कला,सँस्कृति,रितीरिवाज र धार्मिक एवंम पर्यटकिय स्थलहरुको प्रचारप्रसार गर्ने उदेश्यले लोकदोहोरी गित “तनहुँ जिल्ला मनपाङको गाउँ”बजारमा ल्याइयको छ । परिवर्तन समाज नेपालकी अध्यक्ष सन्त कुमारी गुरुङको परिकल्पनमा तयार पारिएको गितमा चर्चित गायक कृष्ण देवकोटा,गायिका देवी घर्ति र तुलसा जि.सी.को स्वर रहेको छ । गितको लय तथा शब्द सिर्जना भने गायक देवकोटाले नै गर्नु भएको छ । तनहुँ जिल्लाको मनपाङ, अकला मन्दिर, अर्चलेको गन्धर्व गाउँ, ढोरबाराही मन्दिर लगायतका स्थानहरुलाई गितका शब्दहरुमा समेटिएको छ ।
गितलाई माछापुच्छ्रे डिजिटलले बजार व्यवस्थापन गरेको छ । शंकर बि.सी.द्धारा निर्देशित भिडियोमा शंकरसँगै आरुसी रानाको अभिनय, सुरेश श्रेष्ठको छायांकन र नविन घर्ति मगरको सम्पादन रहेको छ । अहिले नेपाली लोक सांगीतिक क्षेत्रमा विकृती छाईरहेको बेला मौलिकपन बोकेको यस गितले सम्रग तनहुँ जिल्लाको बिकास र पर्यटन प्रर्वद्धनमा टेवा पुप्याउनेमा आफु आशावादी रहेको गायक एवंम संकलक देवकोटाले वताउनुभयो ।