संगीतमाथी बहश

13508998_10209581867884415_5187608597383028510_nनेपाल संगीत तथा नाट्य प्रतिष्ठान संगीत विभागद्धारा आयोजित नेपाली संगीत हिजो र आज बिषयक बिचार गोष्ठि बुधवार काठमाडौंमा सम्पन्न भएको छ। नेपाली संगीतको विकाश सुरु भएको एक शताब्दी नाघिसकेको अबस्थामा संगीतकार गायक एवम् संञ्चारकर्मी टिका भण्डारीले कार्यक्रममा आधुनिक सुगम संगीतको विगत देखी वर्तमानसम्मको  स्थितीको खोजमुलक कार्यपत्र प्रस्तुत गरेका थिए। बिधिवत रुपमा सेतुरामले बि.स १९६५ मा रेकर्ड गरेको गीत देखी वतमार्न अबस्थाका बिभिन्न बिधाका गीतसंगीतका आरोह अवरोहलाई समेटेर तयार पारेको कार्यपत्र प्रस्तुत गर्दै भण्डारीले २००७ साल भन्दा अघिको संगीत क्षेत्र, २००७ साल देखी २०४६ साल र २०४६ पछिको संगीत क्षेत्र गरी तिन खण्डमा बिभाजन गरेका थिए।

नेपाली सुगम संगीतलाई मात्र केलाईएको कार्यपत्रमा भण्डारीले आधुनिक संगीतको बिगत देखी वर्तमानसम्मको गुणात्मक अबस्थामको पहिचान, यस क्षेत्रमा समर्पित स्रष्टा सर्जकहरुको योगदान र संगीतभित्रको आयाम र अभियानहरुलाई उल्लेख गरेका छन्। प्रविधिको बिकाश संगै फड्को मारेको संगीत क्षेत्रलाई यो स्थान सम्म लेराउनको लागी रेडियो नेपालले खेलेको भुमिकाबारेमा समेत उनको कार्यपत्रमा अटाएको छ।

13508952_10209581868604433_5358856274162925952_n

ग्रामोफोन डिस्क रेकर्ड देखी सुरु भएको रेकर्ड शैलीले आधुनिक प्रविधि भित्र्याईसकेको अबस्थामा संगीत क्षेत्रले थुप्रै प्रतिभालाई जन्माईसकेको उल्लेख गरेका उनले भिन्न भिन्न बर्षमा संगीत जगतमा प्रवेश गरेका गायक गायिकाहरुको सुचि समेत प्रस्तुत गरेका थिए। लोक र चलचित्रको संगीतबारेमा समेत लेखेका उनले प्रवाशेली संगीतकर्मीहरुको योगदानको समेत चर्चा गरेका थिए। पुराना सुगम संगीतले नेपाली संगीतको बाटो खोलेको उल्लेख गरेका उनले आधुनिक अबस्थामा आईपुग्दा संगीतको ढाचाँनै फरक भएको बताएका छन्।वर्तमान अबस्थामा ठुलो संख्यामा संगीतकर्मीहरुको आगमन भएर व्यावसायिकता तर्फ लम्के पनि पाईरेसी, संगीतको बिक्रिमा ह्रास, भारतीय संगीतको प्रभाव, सिमीत बजार जस्ता चुनौती रहेको उनको कार्यपत्रमा उल्लेख गरिएको छ। यता कार्यपत्रमा टिप्पणी गर्दै बरिष्ठ गीतकार डा. कृष्णहरी बरालले कार्यपत्रमा उल्लेखीत तिथीमितीका डाटाहरु गलत रहेको औल्याएका थिए।नतोकिकन मितीहरुमा तिरको प्रयोगले कार्यपत्र केही खल्लो बनाएको उल्लेख गर्दै बरालले त्यता तर्फ सुर्धान भण्डारीलाई सुझाव दिएका थिए।

कार्यक्रममा गीतकार किरण खरेल, रत्नशमेशर थापा, राजेन्द्र थापा, गायिका मिरा राण, संगीतकार सम्भुजित बास्कोटा लगायतका संगीतकर्मी साहित्यकारहरुको उपस्थिती रहेको थियो।