ईजरायली दुतावास र नेपाल फिल्म सोसाईटीको सहकार्यमा १० औ संस्करणको ईजरायली फिल्म फेष्टिवल काठमाडौंमा सुरु भएको छ। औपचारीकि रुपमा बुधवार उद्घाटन गरिएको फिल्म फेष्टिबलमा ६ वटा छोटा फिल्महरु प्रस्तुत हुने छ। उद्घाटन समारोहमा नेपाल फिल्म सोसाईटीका तर्फबाट कृष्ण मल्ल र दुतावासको तफबार्ट राजदुतले फिल्म फेष्टिवल गर्नुको औचित्य बताएका थिए। दुई देशलाई संस्कृतिक एवम् मनोरञ्जनको हिसाबले संम्बन्ध नजिक लेराउनको लागी आयोजना गरिएको फिल्म फेष्टिबलमा बिहिवार ३ वटा छोटा फिल्महरु प्रर्दशन भएका छन्। डल्फिन व्वोई, फिल द भोइड र द ब्याण्ड भिजिट प्रर्दशन भएका हुन्।
डल्फिन ब्वोई फिल्मले दुई पुस्ताको जेनेरेशन ग्यापलाई व्यक्त गरेको थियो। कसरी एक मनोबैज्ञानिक रुपमा कमजोर रहेको बालकलाई डल्फिन देखाएरै गरिएको उपचार पद्धितीलाई फिल्म भित्र देखाउन खोजिएको छ। यता ईजरायली फिल्म प्रतियोगीतामा बेष्ट सिनेमाटोग्राफी अवाड्र्र हात पार्न सफल फिल्म फिल द भोइड ले पनि कसरी एउटी बहिनीले आफ्नो दिदीको मृत्युमा दिदीको सन्तान हुर्काउनको लागीनै आफ्नो बिवाह समेत त्याग गरेको उल्लेख गरिएको छ। सपना, प्रेम र आशामा तयार भएको फिल्म द ब्याण्ड भिजिटले पनि ईजरायलमा दश भन्दा बढी अवार्ड हात पार्न सफल भएको फिल्म हो। फिल्ममा एक गायकले ईजिप्ट देखी आएर ईजरायलमा ब्याण्डको स्थापना गर्न गरेको शंर्षसलाई फिल्मको पर्दामा उतारिएको छ।
आज अन्तिम दिन रहेको फिल्म फेष्टिवलमा ३ फिल्मको प्रर्दशनी हुने छ जसमा एक नेपाली कथामा तयार गोर्खाज डटर ईन ईजरायल प्रर्दशन हुने छ। रसियन कल्चर सेन्टरमा चलिरहेको फेस्टिवल सर्वसाधरण ले निशुल्क हेर्न पाउने छन्।