नेपाली संगीत जगतमा यतिबेला चल्तिको ट्रेन्ड सिंगल ट्रयाक रिलिज गर्ने अभियान्ताको श्रेय जाने गायक हुन हेमन्त शर्मा। आफ्नो जादुगरी स्वरबाट लाखौं नेपालीको मन मष्तिकमा राज गर्न सफल शर्माले २ दशक भन्दा लामो संगीतिक यात्राको क्रममा ७ वटा एल्बम र डेढ सय भन्दा बढी गीतहरुमा आफ्नो हक्कि स्वर भरीसकेका छन्। गायकनै बन्छु भन्ने सपना नपालेका यि नवलपरासीको ठिटोले रहरै रहरमा संगीतको पेशा अंगालेर नेपाली गीत संगीतको जगतमा अतुलनिय गुन लगाउन सफल भएका छन्। नवलपरासीको त्रिवेणी बस्तीमा जन्मेका शर्माले सानो उमेरमा सरकारी कर्मचारी पिताको हात समाउदै कहिले जोमसोम त कहिले बुटवल चहारे कपिलबस्तु स्थित रत्न राज्य मा.वि बाट एसएलसी सकेसंगै उनमा संगीतिक मोहले गर्लम्म छोप्यो। नारायण गोपाल, फत्तेमान जस्ता हस्तीका गीतहरु गुनगुनाउदा गुनगुनाउदै कुन बेला गायक बनेछु भन्ने पत्तो नपाएका बताउनी यि गायकले औपचारीकि रुपमा भने २०५२ सालमा आईपुगेर पहिलो गीत रेकर्ड गराए भने २०५७ सालमा आईपुगेर ८ ओटा गीत सामाविष्ट ओ प्रिय नामक एल्बम बजारमा ल्याउन सफल भए।
https://youtu.be/m-H8HpJes1s?t=2
आफुलाई भने माया साह्रै महंगो बोलको गीतले श्रोतामाझ परिचित बनाएको बताउने उनले सुरु सुरुका दिनमा आफ्ना गीतहरु रेडियो टेलिभिजनमा बज्दा फरक आनन्द मशसुस गर्ने गरेका थिए रे।सांगितीक यात्राका सुरुका दिनहरुमा कति संर्घष गरियो भनेर तौलन मोल्न नसकने बताउने उनी उतिबेलाको मिहिनतको फल यतिबेला मिलेको बताउछन्। गीत बोकेर गीतकारहरुको ढोका चाहार्दा नपत्याईको कारणनै आज संगीतकार र गायकको रुपमा संंगीत क्षेत्रमा टिकिरहेको बताउने उनी यतिबेला प्रस्तोता समाजका अध्यक्षको रुपमा समेत कार्यरत छन्।प्रसेताहरुको रोजीरोटीको लागि लड्नको लागीनै स्थापित प््रस्तोता समाजको तर्फबाट रोयल्टिको माग गर्दै दमदार आवाज उठाईरहेका उनी भर्खरै मात्र एनसेलसंग भएको रोयल्टीको संम्झैता बाट फरुब छन्। ‘हरेक ठाऊमा सर्जकहरु चेवुमामा परिरहेका छन् क्यास्केट र सिडीको जमाना बदलिएसंगै भित्र्एिको नयाँ प्रबिधिको पोजेटिभ प्रयोग हो एनसेलसंगको संम्झैता यसबाट पक्कापनि कलाकारहरुलाई रोयल्टी मिल्ने छ’ शर्मा बताउछन्। सिरीयस भएर लागेको खण्डमा संगीत पेशाबाटै सजिले बाँच्न सक्ने बताउने उनी आफुचाही ओरेन्टियल ईन्स्युरेन्समा अफिसर्सको रुपमा कार्यरत छन्।
https://youtu.be/XGERodYI8VA
बिमाको क्षेत्रको कामले पनि संगीत क्षेत्रमा टिकाईरहेने काम गरेको बताउने उनी पुन केही सिंगल ट्रयाकको तयारीमा जुटेको बताउछन्। एल्बमलाई भन्दापनि सिंगल ट्रयाक तर्फ आफ्नो ध्यान केन्द्रित बनाईरहेका एल्बमलाई भन्दा पनि सिंगल ट्रयाकमा ध्यान दिनुलाई कालो बादल लागेको बेला छाता बोकेर हिड्ने साहस गरेको बताउछन्। ‘एउटा एल्बम बनाउन कति मिहिनत लाग्छ आम मानिसहरु बझ्दैनन् पहिले पनि का मानिसहरु एल्बम सुन्थे र गितनै हो सुन्ने अहिले पनि त गीतनै सुन्छन र भोली पनि गीतनै हो त्यसैले एउटा गीतनै एउटा सिंगो एल्बम हो’ उनी बताउछन्।
https://youtu.be/gHcMrsoSNTo?t=1
अहिलेको नेपाली संगीत क्षेत्रलाई तरल अबस्थामा रहेको भनेर ब्याख्या गर्ने उनी प्रबिधिको फड्को मराईले बजाउन गाउन सहज बनाईदिए पनि मानिसहरुमा संगीत प्रतिको गंम्भिरतामा ह्रास आएको बताउछन्। अन्तराष्ट्रिय संगीतले देशमा बर्चश्व जमाउनुलाई सामाजिक संञ्जाल, युट्टुव जस्ता प्रबिधिको बिकाशलाई मान्ने उनी नेपाली मौलिक गीतसंगीतलाई प्राथमिकताको साथ विकाश गर्न सकेको खण्डमा अन्तराष्ट्रिय पहुच बृद्धि गर्न सकिने सोच बोक्छन्।
२ छोराका पिता यि गायकले संगीतिक यात्राको क्रममा देशका ६० जिल्ला र अन्तराष्ट्रिय यात्राको क्रममा लण्डन, कोरीया, जापान, फिनल्याण्ड, हल्याण्ड, फ्रान्स लगायतका दुई दर्जन देशरुहको यात्रा गरिसकेका छन्। संगीतमा नयाँ प्रयोग गर्न रुचाउने उनी आफ्ना गीतहरुमा मोडलको रुपमा समेत देखा पर्ने गरेका छन्। अभिनयले छोटो चिनारी दिए पनि संगीतले लामो परिचय दिने भएकै कारण अभिनय तर्फ शोख मात्र पुरा गरेको बताउने उनी संगीतनै आफ्नो कर्म थलो मान्छन्। दैनिक २ देखी ३ घण्टा संगीतको साधनामा बिताउने उनी स्टुडियो भित्र गीत रेकर्ड गराउदै सबैभन्दा बढि ध्यान दिजु आबश्यक ठान्छन्। ‘लाईभ गाउने कार्यक्रममा गाईएका गीतहरु निश्चित समयको लागि मनोरञ्जन प्रदान गर्नको लागी मात्र हुन्छ तर स्टुडियोमा गाईएका गीतहरु जीवनकाल मात्र हैन भावी पुस्ताको लागी समेत हुने कारण स्टुडियोमा गाउने कार्यमा गम्भिरताको आबश्यकता पर्छ’ उनी बताउछन्।
फुर्सदको समयमा पुस्तक पढ्ने र टिभीमा खेलकुद हेर्न रुचाउने उनी आफ्नै शब्द र संगीतमा गीत तयारमा जुटेको बताउछन्। दशैसम्ममा ६ वटा मेलोडियस ट्रयाक आफ्ना श्रोतलाई पस्कने तयरीमा रहेका उनी यस पटकका गीतहरुमा पनि भसर्टाईल हेमन्त शर्मा पस्कने तयरीमा रहेका छन्। उनको माया त यस्तो होस्, मुल हौ भने रसाईदेऊ, हुन्न हुन्न, के माया गर्नु हुन्न र, माया साह्रै महंगो जस्ता गीतहरु श्रोताहरुमाझ लोकप्रिय छन्।
https://youtu.be/U7R8qrvfHZk