नायिका तथा मोडल उषा पौडेलको रोमान्स

usha poudelयुवा मोडल प्रकाश आचार्य र चर्चित नायिका तथा मोडल उषा पौडेलबीच रोमान्स चलेको छ,न्युयोर्कको न्युबर्गका बिभिन्न रमणीय स्थानहरुमा दुइजनाको रोमान्स सुरु भएको हो,यो रोमान्स वास्तविक रुपमा नभई गायक राजेन्द्र राई र गायिका बिजया सिम्खडाले आवाज दिएको लोक-आधुनिक गीत “कति राम्री ए नानी गाजले…..”को म्युजिक भिडियोमा मात्रै रहेको छ,उक्त गीतको शब्द/संगीत बिमल डाँगीको छ भने एरेन्जर बिनोद बाजुराली र  रेकर्डिष्ट ओम कर्माचार्य हुन् ,चर्चित नायिका ऊषा पौडेलको साथमा प्रकाश आचार्य,सन्जु श्रेष्ठ,रबिन बिडारीको अभिनय रहेको उक्त गीतमा कोरियोग्राफी राज कपूरले गर्नुभएको छ भने निर्देशन चर्चित निर्देशक प्रशन्न पौडेलले गर्नुभएको छ,गीत अब छिट्टै बजारमा आउने क्रममा रहेको छ|

लेख तथा फोटो thenepaltoday.com बाट साभार गरियको हो |