रातामकैको जन्मदिनमा बसुन्धरा र कोमल सम्मानित

नेपाली हास्य जगतमा परिचित नाम किरण केसी उर्फ रातामकैले हरेक बर्षको असार १५ गतेलाई मनाउदै आएको जन्मदिनको कार्यक्रममले यसबर्ष पनि निरन्तरता पाएको छ।शुसासनको लागी हास्यव्यब्य नामक अन्तरक्रिया र दुई स्रष्टाहरुलाई सम्मान कार्यक्रम राखेका केसीलाई जन्मदिनको शुभकामना दिन उल्लखनीय कलाकर्मीहरुको उपस्थिती रहेको थियो। पत्रकारीता र कलाकारीतमा लामो समय साधना गर्दै आएका स्रष्टाहरुलाई सम्मान गर्दै आएका केसीले यस पटक पनि कलाकार बसुन्धरा भूषाल र गायिका एवम् समाचारवाचिवा कोमल वलीलाई सम्मानित गरेका हुन्।यि दुबै स्रष्टालाई केसीले ताम्रपत्रको साथमा जनही नगद १० हजार द्धारा सम्मान गरेका हुन्।सम्मान स्वरुप प्राप्त १० हजारलाई कार्यक्रममै गायिका कोमल वलीले धुर्मुस सुन्तली फाउण्डेसलाई सहयोग गरेकी थिईन्।

13524526_735891949847835_1371458552078316124_nकार्यक्रममा अर्को आकर्षणको केन्द्रबिन्दु बनेका धुर्मुस सुन्तलीलाई समेत केसीले संकलन गरेका रकम धुर्मुस सुन्तली फाउण्डेसनलाई हस्तान्तरण गरेका थिए।यता कार्यक्रमा उपस्थित कलाकारहरुले पनि रातामकैलाई जन्मदिनको शुभकामना दिदै हास्यव्यंग्य जगतले देशलाई नराम्रो बाटोबाट जान रोक्ने बताएका थिए। कार्यक्रमका प्रमुख अतिथी रहेका हास्यकलाकार मदनकृष्ण श्रेष्ठले समेत हरीवंश आचार्यसंग मिलेर पञ्चायातकालीन अबस्थामा देशलाई शुसासनको बाटोमा ल्याउन गरेको हास्यव्यंग्य शैलीहरु सम्झिएका थिए। ‘उतिबेला अहिले जस्तो सहज बतावरण थिएन त्यसका बावजुतपनि हामीहरु मिलेर देशमा भईरहेको विकृतिमाथी प्रहार गर्थ्यौ तर हामीमा व्यंग्य गर्दासमेत डर रहिरहन्थ्यो तर अहिले माहोल फरक भएको छ देशलाई अनुशासनको घेरामा बाधिराख्न व्यंग्यको शैलीबाट झकझकाई रहनु पर्छ’ श्रेष्ठले भने।

13502142_735893509847679_879705220189501591_nकार्यक्रममा हास्यकलाकारहरु सन्तोष पन्त, दिपकराज गिरी, शिवहरी पौडेल, जितु नेपाल, मजोज गजुरेल, संगीतकार शम्भूजित बास्कोटा, लेखक अमर न्यौपाने, गायक प्रमोद खरेल चलचित्र विकाश बोर्डका अध्यक्ष राजकुमार राई लगायतले किरण केशीलाई जन्मदिनको शुभकामना अर्पण गरेका थिए। यता रेडियो अडियो र हास्यकलाकार दीपाश्री निरौलाको तर्फबाट पनि बर्थडे ब्वईलाई लोकल भाले उपहार प्रदान गरेका थिए।कार्यक्रममा केरण केसी सहितको समुहमा बनेको वुद्ध म र नेपाल नामक संस्थाले गर्न लागेको कामको समेत चर्चा गरिएको थियो। देशभरकै ७५ वटै जिल्लामा एक सय फिटका वुद्धको प्रतिमा स्थापित गर्न लागेको उक्त समुहले चाडैनै काम थाल्ने समेत केसीले जानकारी गराए। कार्यक्रममा कु ञ्जना घिमिरे ­सुन्तली)ले धुर्मुस सुन्तली फाउण्डेसनले गिरान्चौरमा बनाउदै गरेको एकिकृत बस्तीको बारेमा समेत जानकारी गराएकी थिईन्। उनले कार्यक्रमा सहयोगी हातहरु प्रतिसमेत कृतिज्ञता अर्पण गरेकी थिईन्।सम्मानित द्धय स्रष्टाहरु बसुन्धरा भुषल र कोमल वलीले पनि किरण केसीलाई शुभकामना र धन्यवाद अर्पण गर्दै धुर्मुस सुन्तलीको काम प्रति प्रशंसा गरेका थिए।