गत बर्ष ऋतुका फूलहरु एल्बम बजारमा ल्यायर चर्चा बटुल्नु अगिनै धेरै समय गायनमा बितायकी ऋतु कंडेल फेरी आयकि छिन नया म्युजिक भिडियो सहित| “बतास” बोलको उक्त गीतमा गायक तथा संगीतकार कमल खत्रीको सब्द अनि संगीत रहेको छ| विभिन्न उदाहरण दियर आफ्नो मायालुलाई नजिक आउन अनुरोध गरियको भावना यो गीतमा पाउन सकिन्छ| आर एन बि स्वादको उक्त गितमा सैलेन्द्र प्रधानको संगीतसंयोजन रहेको छ|
विभिन्न संगीतकर्मी संगको भोकल क्लास अनि ललितकला क्याम्पसबाटको संगीत शिक्षा लियर आफ्नो सांगीतिक यात्रा मजबुद बनायकी यी गायिका यो नया भिडियोमा नायिका पनि बनेकी छिन| मनोज बिस्टको निर्देशनमा बनेको भिडियोमा गौरभ थापाको पनि अभिनय रहेको छ| ज्ञानेन्द्र थापाले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेर तयार परेका हुन्| शुभकामना छ ऋतु कंडेललाइ उहाको गायन तथा अभिनय यात्राले शिखर चुम्दै जाओस|