चर्चित गायक प्रमोद खरेलले भर्खरै मात्र स्कुल पुननिर्माण अभियान सम्पन्न गरेका छन्| उनै गायक प्रमोद खरेलको अवाजमा बबि गुरुङ निश्चलको शब्द अनि राज कुमार बगरको संगीत रहेको नयाँ गित “तिम्रो माया मुटु भरि हुदा हुदै पनि” को म्युजिक भिडियो सार्बजनिक भएको छ । आफ्नी मायालु अर्कै संग बिहे गरि गैसकेपछि मनबाट भुल्न नसके पनि मुखबाट बिर्से भन्नु परेको भावना गीतमा पाइन्छ| उक्त गीतमा पछिल्लो समयका ब्यस्त अनि चर्चित मोडेल सनम कठायतले अभिनय गरेका छन् र भनेका छन् तिम्रो माया मुटुभरी हुदा हुदै पनि तिम्रो यादमा घरि घरि रुदा रुदै पनि तिम्रो माया मारे जस्तो गर्दै बचेको छु|
निकै मर्म स्पर्सी बेदनामा देखिएका सनमलाई भिडियोमा पुजा भन्डारी र सुवास ले साथ दिएका छ्न । प्रेम कथामा आधारित भिडियोलाई उत्सव दाहालले खिचेका हुन भने टेकेन्द्र शाहाले सम्पादन गरेका छन । यसै गरि भिडियोलाई संचारकर्मी प्रकाश धितालले निर्देशन गरेका छन ।