नेपाली संगीतबजारमा यतिबेला संगीतकार हरी लम्सालको छुट्टै उचाई छ। करिब सात सय गीतहरुमा आफ्ना जादुमय संगीत भरेका संगीतकार लम्सालको अर्को परिचय एक कुशल गायकी पनि हो। २०३८ सालमा नवलपरासीको कावाशोतीमा जन्मिएका लम्साल सानोमा भने राम्रो गायक बन्ने सपना पालेको बताउने उनी समयको रफ्तारले आफुमा गायकी भन्दा पनि बजाउनेको भुतले छोएको ठान्छन्। मध्यमबर्गीय परिवारमा हुर्किएका उनी सानैमा घरव्यवहारको काध थापेका थिए। गाऊ बाटै एसएलसि सकेर आफ्नै जिद्धिमा काठमाडौं पसेसंगै उनको संगीतिक यात्राले औपचारीकता पाएको थियो। ललितकलाका संगीत शिक्षा लिदै गर्दा २०५८ सालमा पहिलो गीत रेकर्डिंग गराएका उनले ६ बर्षसम्म गन्धर्भ संगीत बिद्यालयबाट गुरु चन्द्र कुमार श्रेष्ठसंग शास्त्रिय संगीतको शिक्षा लिए।
सुरुमा गायक बन्छु भनेरै आफ्नै स्वरमा गीत रेकडिब गराएका उनले आफ्नो स्वर चित्त नबुझेसंगै नरोए प्रिया बोलको गीत संगीतकार गायक सुरेश अधिकारीलाई गाउन दिएको बताउछन्।आफ्नो क्षमता गायनमा भन्दा पनि संगीततर्फ रहेको चाल पाएसंगै उनले २०६१ सालमा एकसाथ २ वटा एल्बममा संगीत भरेका थिए। नेपाली तारा र ईन्डियन आईडलको प्रतियोगीले गाएको एल्बम आफ्नो मन र माधव भण्डारीको एल्बम प्रवेशमा काम गरेसंगै उनको संगीतको यात्राले एउटा बाटो पहिल्याएको थियो।काठमाडौं छिरेर गरेको संघर्षको कुनै लेखा जोखा नरहेको बताउने लम्साल त्यही संघर्षले मृत्युको मुखसम्म पुर्एको बताउछन्। ‘मलाई यो शहरमा केही गर्नु थियो त्यसैले धेरै साधना गर्थे दिनमै १५/१८ घण्टा अभ्यास गर्थे त्यसको परिणम स्वरुप मेरो गला फाट्यो म भित्रै देखी कमजोर भए डाक्टरले पनि त जिन्दगी भर गीत गाउन सक्दैन भनेसंगै म पागल भए मरु जस्तो लाग्थ्यो सपनामा तुषारापात हुदा’उनी विगत सम्झन छन्। विस्तारै आफ्नो मनलाई सम्हाल्दै लगेका उनले योगा र भोकल अभ्याससंगै करिब डेढ बर्षमा आफुलाई सुधार गरेको बताउछन्। निको हुदासम्म आफ्नो स्वर फरक भईसकेको चाल पाएका उनले आफ्नो ध्यान गायन भन्दा पनि कम्पोज गर्न केन्द्रित गरे।

यतिबेला सम्म २३ वटा सोलो एल्बमको लागी संगीत भरेका उनी आफुलाई आनन्द कार्कीको पर्दा एल्बमको शिर्ष गीत र पानिको फोका जस्तै भयो हाम्रो माया बोलको गीतले दर्शक श्रोतामा राम्रो पहिचान स्थापना गर्न मद्दत गरेको ठान्छन्।हरेक दिन बिहान उठे देखी दिउसो एक बजेसमलाई क्रियसनको समय मान्ने उनी यतिबेला आफ्नो महत्वकाक्षीं एल्बम पुस्ताको लागी अन्तिम चरणको काम गरिरहेका छन्। एल्बममा राजुबाबु श्रेष्ठको शब्दमा एकल संगीत भरेर दीप श्रेष्ठ, दीपक खरेल, प्रेमध्वज प्रधान, योगेश बैद्य, संगीता राना प्रधान जस्ता संगीतिक हस्तिहरुको स्वर भर्ने काममा तल्लिन रहेका छन्।
अकेष्टिक नेपाल नामक स्टुडियो समेत चलाईरहेका उनी संगीतकार संघको कोषध्यक्षको रुपमा समेत कार्यरत छन्। सज्रकहरुलाई रोयल्टी दिलाउन लागिपरेको संगीतकार संघले संगीतकारहरुलाई भैपरी आउने समस्याहरुसंग जुध्नको लागी समेत संगीतकार संघको स्थापना गर्नु परेको बताउछन्।सरकारी तवरबाट संगीत क्षेत्रलाई गरेको वेवस्ता देखी रुष्ट भएका उनी निती नियम कमजोर भएका कारणनै संगीत पेशा अंगालेर बाच्न गाह्रो परेको देख्छन् ‘वर्षभरीमा नेपाली गीतसंगीतले लगभग १० अर्बको कारोवार गर्छ यतिका पैसाको कारोवार हुदापनि सरकारले संगीतलाई उद्योगको मान्यता दिएको छैन यो आफैमा लाजामर्दो कुरा हो। कलाकारहरुलाई तलव दिनुपर्छ भन्ने सोचेर सरकार मौन छ तर हामी घचघचाई रहेका छौ एक दिन कसो निन्द्राबाट नव्यूजेला र?’ उनी थप्छन् ‘संगीत पेशा यतिबेला सुरक्षित छैन सिडी क्यासेटको सेल ठप्प भएसंगै यता लगानी गर्ने मन कसैको हुदैन त्यसैले सरकारले गाउने बजाउने लेख्नेहरु बाच्ने स्थितीको सिर्जना गर्न ढिला भईसक्यो’। यतिबेलाको संगीत बजारलाई अप्ठ्यारो अवस्थाको रुपमा चित्रण गर्ने उनी रेडियो टेलिभिजन लगायतका श्रव्य दृश्यका माध्यमहरुले कलाकारहरुलाई रोयल्टी दिनुपर्ने माग गर्दै उनी रोयल्टीको बारेमा कार्यपत्रनै तयार पारेर सरकार समक्ष बुझाएको बताउछन्। ‘यस पटक हामीले अनुसन्धानबाट रोयल्टी सम्बन्धि कार्यपत्र तयार पारेर माथिल्लो निकाय सम्म पुर्एका छौ पक्कै यसले पढ्नेहरुको घौटोमा घाम लाउला’।
आफुले भर्ने हरेक संगीत सिर्जना मरोणोपरान्तसम्मको लागी हो भन्ने सोच बोक्ने उनी गुणस्तरीय संगीतको लागी केहिसंग सम्झैता नगर्ने बताउछन्। शब्दको भाव हेरेर संगीत भर्ने उनी कुनै गीतलाई ५ मिनेटमै कम्पोज गर्छन रे त कतिलाई आधा एक बर्षसम्म पनि लागेको अबस्था छ रे। जीवनको कालखण्ड संगीतभरेरै बिताउने योजना बनाएका उनी जनचाहना अनुरुप अन्तर ह्दयलाई छुने संगीत भर्न सधै तल्लिन रहने बताउछन्। स्कूल देखीको साथीलाईनै अन्तरजातिय बिवाह गरेका उनी आफ्नो पेशादेखी ह्दय देखीनै सन्तुष्ट रहेका छन्।