माया लाएर घाटामा परे कृष्ण भट्टराई

krishna bhattraiकृष्ण भट्टराईले हालै सार्बजनिक गरेको गीतको बोल रहेको छ “माया लाएर घाटा परेँ म”| सांगीतिक पाहिला अगाडी बढाउनेक्रममा ल्याइयको उक्त गित मा आजभोलि झुट्टो माया लगाएर नाजायज फाईदा उठाउनेको बिगबिगी छ भन्ने कुरालाई बिषयबस्तु बनाइयको छ| गित मार्फत  यस्तै झुट्टो मायाजालमा फसेर घाटामा परेको भावना ब्यक्त गर्न खोजियको छ | यो भावानानालाई सब्दजालमा बुनेका छन् गितकार: डि.पी खनालले भने यूवा सँगितकार: धनु ज्ञाङ्मिले संगीतबद्ध गरेका छन्| पप सैलिमा रहेको उक्त गीतलाई सँगित सँयोजन उदयराज पौडेलले गरेका छन्|

ब्यस्त मोडेल मध्यकी एक सम्पदा बानियाँको साथमा दुई नयाँ भरत महर्जन र आदिल महर्जनको पनि अभिनय रहेको यस म्युजिक भिडियोलाई छाँयाकार: ज्ञानेन्द्र शर्माले खिचेका छन् भने टेकेन्द्र शाहले सम्पादन गरेका हुन्। यूवा निर्देशक: देबजंग थापाले यो भिडियोलाई निर्देशन गरेका छन्। डश म्युजिक प्रा.लि.को प्रस्तुति रहेको यो गितको म्युजिक भिडियोलाई “ईस्ट कास्ट कृयशनले” बजार ब्यबस्थापन गरेको हो।