दुर्गा बाबु स्मृति पुरस्कार सदिक्षालाई

FB_IMG_1460340770534सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबाबु पाठकको स्मृतिमा स्थापना गरिएको संगित पुरस्कार नेपाल एपीएफ स्कुलकी सदिक्षा भट्टलाई प्रदान गरिएको छ । गायक संगितकार तथा रचनाकार समेत रहेका स्व.पाठकको स्मृतिमा उनका व्याचिहरुको सकृयतामा स्थापित डेढ लाख रुपैयााको सशस्त्र प्रहरी निरीक्षक स्व.दुर्गाबाबु पाठक स्मृति संगित कोषको व्याज रकमबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।

असार १७ गते सशस्त्र प्रहरी परिवार महिला संघको १५औं वार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राईले सो स्कुलमा कक्षा ५ मा अध्ययनरत छात्रा सदिक्षा भट्टलाई १० हजार राशिको पुरस्कार प्रदान गर्नुभएको सशस्त्र प्रहरी निरीक्षक शैलेन्द्र थापाले बताए । यसै वर्षदेखि स्थापित अक्षय कोषबाट प्रत्येक वर्ष सशस्त्र प्रहरी महिला संघको वार्षिकोत्सवको अवसर पारेर नेपाल एपीएफ स्कुलमा कक्षा १ देखि कक्षा १२ सम्म संगिततर्फ प्रथम हुने १ जना छात्र/ छात्रालाई सो पुरस्कार प्रदान गरिने सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।