केहि समय अगडि मात्र मिलन अमात्यको स्वरमा विश्व सुन्दरी गित सार्बजनिक गरेका गीतकार गोपी दाहालका दुई गित भिडियो सहित सार्बजनिक भयका छन्| पहिलो गित रहेको छ पहिलो एल्बम उज्ज्वलबाट “तिम्रा साथी संगी मलाई”| यो एउटा लोक पप धारको गितहो जसमा आफुलाई मन परेकी केटीका साथि संगीहरुले फर्की फर्की हेर्ने तर आफुले मन परायकिले वास्ता नगर्ने अवस्थालाई गितिबद्ध गरियको छ| राजन राज सिवाकोटीले संगीत दियको उक्त गीतमा नरेश गौतमको आवाजमा रहेको छ भने आमोश तामांगको संगीत संयोजन रहेको छ | भीमफेदी गाइजले निर्माण गरेको भिडियोमा आकर्षक निर्त्य प्रस्तुत गरियको छ|
यसै गरि अर्को लोक रक एण्ड रोल धारको गित रहेको छ गीतकार गोपी दाहालको दोश्रो एल्बम प्रज्वलबाट “इटरीको सुकुटी जोमसोमको स्याउ” | यो रमाइलो गीतमा संगीत भरेका छन् अम्बर तुम्बापो सुब्बाले भने गायका छन् किरण गजमेरले| मोहित मुनालको संगीत संयोजन सुन्न सकिन्छ| संचारकर्मी तथा निर्देशक मनोज बिस्टले निर्माण गरेको भिडियोमा संचारकर्मी तथा मोडेल बिबेक सिंह तथा सायसाको नौलो खालको अभिनय रहेको छ|