चलचित्र जुद्धा कस्लाई फाईदा ?

babinनेपाली चलचित्र बजार साघुरो कठघरामा उभिएर पनि ठुलो क्षमता राख्ने प्रयत्न गर्छ। सिमित दर्शकलाई काखी च्यापेर टिकेको यो क्षेत्र लाखौको रहरको केन्द्रथलो बनेको छ। आजसम्म यो क्षेत्रमा लागेर कति माथी उठे त कति पत्तासाफ भए कुनै त्यसको लेखाजोखा नै छैन। यो साँघुरो बजार कहिले हलिउड त कहिले बलिउडको तिखा प्रहारको मारमा परिरहन्छ। सिमित श्रोत र साधनको भरमा चलेको नेपाली फिल्मी दुनियाँ आफ्नै भूमरीमा समेत दिशा विहिन बन्ने गरेको छ।

साँघुरो र सिमित बजार, त्यसमाथी पनि खराव समयमा गुज्रिरहेको फिल्मी जगत विगत धेरै समयदेखि घाटाको व्यापार गर्ने थलोको रुपमा विकास हुँदै आइरहेको छ। यसै थलोमा सुन्दर सपनाहरु सजाउनेको जमात हरेक शुक्रवार लड्ने अवस्थ लडार्इंमा देखा पर्ने गर्छ। यस्तोमा ४/४ फिल्म एकसाथ एकआपसमा भिड्नुले यसको बजार झनै खुम्चिन पुगेको छ। एक सातामा एउटै फिल्म हेर्न सक्ने समेत क्षमता नभएको मासमा ४/५ं फिल्म जुधाउनु आफैमा तामाशा मात्र बन्न सक्छ। गत साता पनि यो तमाशा फेरि दोहोरिन पुगेको छ। एकै साता २ भन्दा बढी फिल्म रिलीजमा आउँदा यसको मार सम्बन्धित फिल्मलाई नै पर्न जान्छ भन्ने जान्दा जान्दै पनि आखिर किन जुधाइन्छ फिल्म?

निर्माता तथा बितरक गोपाल कायस्थ भन्छनर् साघुरो नेपाली बजारमा यसरी आफै लगानी गर्नेृ आफै हिरो बन्ने प्रबृति ले नेपाली फिल्म जगतकै कलंक सावित बनन सक्छन ।यस्तालाई नेपाली चलचित्रको मान्यतै दिन नहुने उनको धारणा छ । त्यसै गरी निर्मात्री तथा नायिका शुभेच्छा थापा समेत यस्तो चलचित्रको अस्वध जुधाईको मार मा परेको भन्दै गुनासो पोखछिन । खादाले शरीर छोपेर गरिएको फोटो सुटले फाईदै गरेको बताउने नायिका हलले शो नलगाएर बरु बैमानी गरेको बताउछिन । त्यस्तै निर्देशक रामबाबु गुरुब समेत पैसा हुदैमा फिल्म बनाउने रहरको बजारले गर्दा राम्रा फिल्म हरु समेत दर्शकले नहेरेको बताउछन । यति बेला राम्रा फिल्म मात्र लाग्नु पर्नेमा यस्तो फिल्मको भिडले दर्शकमै अन्योलता कायम गरेको उनको कथन छ ।
उता निर्माता तथा प्रदर्शक मदनमान बज्राचार्य भन्छन्र् यसरी चलचित्र जुद्धा सबैको मेहनतमा पानी भरिने गर्छ यस्तो जुधाईले कसैलाई फाईदा पुग्दैन यस तर्फ बेलैमा कदम नचालिए नेपाली चलचित्रको दुर्दाशा मात्र हुन्छ ।’सेन्सर बोर्डले पनि यो कुरामा ध्यान दिनु जरुरी रहेको उनको टिप्पणी छ । त्यस्तै निर्देशक दशरथ गिरी भन्छन् यो सरासर गलत भईरहेको छ । यस्ता कार्य रोक्नको लागि सरकारी लेभल बाटै काम हुनु जरुरी छ । यस्तो कार्य रोक्न एक जनाको आवाज काफि हुदैन तेसैले सबैले आवाज उठाउन नितान्त आवश्यक भईसकेको छ ।

रहरै रहरको बजार बनि रहेको नेपाली चलचित्र नगरी प्रतीको धोरै विश्वास समेत यस्ता अवस्ध प्रतिस्पधाले मरेर जाने देखिन्छ ।  करोडौ खर्चको असुल अहिले हजारमा गर्न नेपाली चलचित्र बिवश छ । मल्टिप्रेल्कसमा हिन्दि चलचित्र हेर्न बसेको लाईनले सधैनै नेपाली चलचित्रलाई गिज्याइ रहेको भान हुन्छ ।

संख्यामा मात्र सिमित बनिरहदा गुणस्तरमा ध्यान कैले जाने ? यसै साता मात्र गुमनाम रुपमा पर्दामा ४ चलचित्र उत्रिए यसबाट नै प्रस्ट हुन्छ यो साघुरो बजार कति धमिलो छ त । राम्रा संम्भावना बोकेका चलचित्रले त खराव व्यापार गरिरहेको समयमा यि भिडबाट के आश गर्ने। यस्ता अस्वध प्रतिस्पर्धा ले धोरै नेपाली चलचित्र प्रतिको सकारात्मक सोचलाई समेत सिधा असर पुऱ्याउने पक्का छ । लगानी को एक अंश धरी नउठने समयमा सिमित दर्शकमा कुन चलचित्र हेरम भन्ने आन्योलमात्र खडा गरेको देखिन्छ । २ बलिउड र १ हलिउड चलचित्र संग जुद्धा सोझो मार नेपाली चलचित्र मानै पर्ने पक्का छ । नेपाली चलचित्रमा गुणस्तरीयतको सवाल सधावहार रहेने गरेको छ । तर थोरै गुणस्तरीय चलचित्र पनी यही संख्याको भिडमा विलिन भइरहेका ले दर्शक कुन राम्रो र कुन नराम्रो छुटट्याउन असमर्थ भईरहेको व्यापार बाट प्रष्ट देखिन्छ ।

नेपाली बजारमा राम्रा चलचित्रले दर्शकको भरपुर साथ पाएका समेत छन । यसरी अस्वध प्रतिस्पर्धामा उतार्नु अगाडी चलचित्र  निमार्ण पक्ष ले ध्यान दिनु नितान्त आवश्यक भईसकेको छ । चलचित्र हेर्ने दर्शक अहिले समिक्षा एवम् अध्ययन गरेर मात्र जाने भएकाले त्यता तर्फ पनि सचेत हुनु आवश्यक छ । एकै साताको यो बाढी ले न त दर्शक न कलाकार न निमार्ण पक्षलाई नै फाईदा पुऱ्याउछ यसले त केवल असफल चलचित्रको सुची लम्वयाउने काम मात्र बढ्ने देखिन्छ । गुणस्तरीयतामा ध्यान दिएर नेपाली चलचित्र प्रतिको आम दर्शकको सोचमा परिवर्तन लेराउने बेला भएन र?