युरोपमा बन्यो आकर्षक म्युजिक भिडियो

13695131_833474066785115_1694460534_nबाबु बोगटी एक नेपाली कला जगतका बहुप्रतिभाशाली व्यक्तित्व हुन् जो गाउने, अभिनय गर्ने ,  संगीत भर्ने लगायतका काममा व्यस्त रहन्छन| केहि समय अगि मात्र २ ओटा भिडियोहरु सहित पाँचौ एल्बम ” रिस्पेक्ट ” सार्बजनिक गरेका थिय| सोहि एल्बममा रहेको “थोरै थोरै” बोलको गितको पनि म्युजिक भिडियो सार्बजनिक भयको छ। यस गीतमा शब्द चर्चित गायक जेम्स प्रधानका पिता जी.एम.प्रधानको रहेको छ| एउटा युवा एउटी युवती तिर आकर्षित भयको कुरा गित मार्फत व्यक्त गर्न खोजियाको छ| तिनै सब्दलाई आफ्ना चर्चित गीतहरु भन्दा अलि फरक ढंगमा संगीतबद्ध गरेका छन् गायक बाबु बोगटीले अनि संगीत संयोजन गरेका छन् मोहित मुनालले|

13692126_833474036785118_594839156_oनेपाल टेलिभिजनका पूर्व कार्यक्रम प्रस्तोता तथा म्यूजिक भिडियो निर्देशक उज्ज्वल के.सी.को छायांकन, सम्पादन र निर्देशनमा उक्त म्युजिक 13695146_833474060118449_936597073_nभिडियो तयार भएको हो । युरोपको विभिन्न शहरहरुमा छयाङ्कन गरिएको म्युजिक भिडियोमा मोडेल फजिल अहमद र शान्ती भट्टको साथमा इटालियन कलाकारको समेत अभिनय रहेको छ । एक दिनको छायांकनमा बन्ने गरेका नेपालि भिडियोमा धेरै फुटेज रिपिट गरेको देखिन्छ तर यो गित मा प्रसस्त नया ठाउमा नया नया फुटेज छायांकन गरेको अनुभूति हुन्छ| नेपाली गीतका पारखीहरुलाई यो म्युजिक भिडियो रोचक र नौलो हुने नव मोडल फजिल अहमदले बताएका छन । इटालिको प्रशिद्द शहरहरु समुन्द्र माथिको शहर भनेर चिनिने भेनिस , फेसन सिटिको रुपमा चिनिने मिलान र बेल्जियमको समुन्द्रियतट ब्ल्याङ्केनवर्गका सुन्दर दृश्यहरु म्युजिक भिडियोमा समेटिएका छन । कतै कतै फ्यानतम ३ प्रयोग गरि आकासबाट लियियका दृश्यले जो कोहीको पनि मन लोभ्याउन सक्छ|

म्युजिक भिडियो बनाउन निकै ठूलो लागत लागेको निर्माता पक्षले बताएका छन । समुन्द्र माथी प्रयोग गरिएको मोटर बोट र भेनिसका प्राचीन डुङ्गाहरुले भिडियोलाई थप आकर्षण बनाएको छ । तुलसी इन्टरटेन्मेण्ट प्रा.लि. द्वारा निर्माण गरिएको भिडियो 4K प्रविधिमा रहेको छ । शुभकामना छ यो गीतका सम्पूर्ण सदश्यहरुलाई, सफलताले आकाश चुमोस|

One thought on “युरोपमा बन्यो आकर्षक म्युजिक भिडियो

Comments are closed.