अजरको स्वरमा मेरो जस्तै तिम्रो पनि..

ajaraaपिता बरिष्ठ संगीतकार दीपक जंगम र माता संगीतकि प्रध्यापक एवम् शब्दकार डा. बेनी रावल जंगमको कोखबाट २०४२ सालमा बानेश्वरमा जन्मिएका अजर नेपाली संगित जगतमा एक आशा लाग्दो किरणको रुपमा उदाइरहेका छन्। भर्खरी मात्र भुपेन्द्र महतको सब्द अनि हरि लम्सालको संगीतमा “मेरो जस्तै तिम्रो पनि रात जागा हुदो हो कि ?” बोलको गित भिडियो सहित सार्बजनिक गरेका छन्| बिछोडियकि प्रेमिका संग गरियका प्रश्नहरु, मलाई जस्तै तिमीलाई पनि हुदो हो कि भन्ने भाव बोकेको गीतमा  अजरले गाउनुका साथै  अभिनय पनि गरेका छन् जसमा साथ् दियकि छिन् मोडल एलिजा बस्नेतले|

सफ्ट मेलोडीमा संगीतबद्ध गरियको गीतलाई अजरले भावनामा डुबेर गायका मात्र छैनन् सुहाउदो अभिनय पनि गरेका छन्| निकेश खड्काको निर्देशन अनि धिरज जंग शाहको क्यामेरा अनि निशान घिमिरेको सम्पादनमा भिडियो निर्माण भयको हो| किरण कंडेलको संगीत संयोजन रहेको गीतलाई शम्भु तन्डुकारले रेकर्ड गरि मिक्सिंग तथा मास्टरिङ्ग गरेका हुन्| सम्पूर्ण टिमलाई सफलताको शुभकामना हाम्रो तर्फबाट|

https://youtu.be/u0W07N3Iifw?t=308