यो तीजमा फरक गित गाउदै डेनी

Screenshot (10)केहि बर्ष देखि देसको समासामयिक बिषयबस्तुलाई पनि तिजको गीतमा गाउन थालिएको छ । नारीको बेदनामात्र नभएर अहिलेका तीजका गीतमा देसका बिकसितघटनाक्रम र सरकारका काम कारबाही र योजनालाई पनि समेटिन सामान्य भैसकेको छ । के.पि ओलीको नेतृत्वमा गठन भएका सरकारले पेस गरेका ग्याँसकोपाइपलाइन, रेल, हावा बाट बिजुली, पानी जहाजका योजना सुनेर मख्ख परेको भावमा डेनी रेग्मीले यसपालीको तीज गीत बजारमा ल्याएकी छिन ।

बजारमा अन्य गीतहरुबिशुद्ध ब्यङ्यको रुपमा आएपनि यस गीत भने निबर्तमान सरकारका योजनाबाट खुसी भाव प्रकट गरेको रुपमा अगाडी आएको छ । रेल, पानीजहाज, हावा बाट बिजुली,ग्याँसको पाइपलाईनको नाम सुन्ने बितिक्कै ब्यङ्यभाब भनेर बुझिने गरेको कारणले डेनीले यस गीतलाई सकारात्मक शब्दले भरिएको आशाबादी गीतको रुपमा पेस गरेकोबताइन । काठमाडौं लगायतका घरका छतहरुमा पनि गमलामा धान रोप्न सकिने नार्कको योजनालाई समेत सकारात्मक बिषयको रुपमा यस गीतले पेस गरेको छ । त्यस्तैनक्कली डाक्टरहरुको बिगबिगलाई समेत यस गीतले समेट्ने प्रयास गरेको छ । तर कतिपय श्रोताहरुले यी योजनाका खाका समेटेर गीत बनाउँदा निबर्तमान सरकारबिरुद्ध गायिएको गीत भनेर बुझिदिंदा आफुलाई आश्चर्य र दुख लागेको डेनीले बताउँछिन ।

किरण वरालको शब्द र लय रहेको यस गीतमा बिपिन आचार्यको संगीत संयोजन रहेको छ भने पायल शर्माले यस गीतमा अभिनय गरेकी छिन । रबिन्द्र वरालकोछायाँकनमा रहेको यस गीतको भिडियोलाई देबेन्द्रराज पाण्डेले निर्देशन गरेका छन भने यसको निर्माण आशिष घिमिरेले गरेका हुन् । म्युजिक नेपालले बजारमा ल्याएकोयस गीतबाट आफुलाई राम्रा प्रतिक्रिया प्राप्त भइरहेको गायीका डेनी रेग्मीले बताइन|