गायिका मिनु गैरे नाचिन “फन फनी”

minu fanकरिब ६ बर्ष अगाडि ” जति टाढा भये पनि … ” , ” पलपल छाती चर्कायर ” जस्ता निकै नै लोकप्रिय गीत गाइसक्नु भए की गायिका मिनु गैरेले दोस्रो एल्बम ” फनफनि ” को साथमा फनफनी गीत नै लिएर आएकि छिन । फनफनी गीतलाइ निकै मीठो तरिकाले गायकी छिन उक्त गीतको शब्द डि.पि. खनाल ले लेख्नु भएको छ अनि मीठो सङीत अनि एरेन्जर बिनय केटुले गर्नु भएको छ ।उक्त गीतलाइ चर्चित निर्देशक सशान कंडेलले निर्देशन गर्नु भएको छ भने छायांकार उत्सब दाहालले मोडेल माला लिम्बू र नरेश वीर सिङलाई निकै राम्रो तरिकाले उतार्नु भएको छ । सम्पादन निशान घिमिरेले गर्नु भएको छ भने म्युजिक जोयले प्रोमोशन गर्नु भएको छ ।