श्रीकृष्ण बम मल्लद्वारा निर्देशित पहिलो म्युजिक भिडियो सार्बजनिक

deepashaa

लामो समय देखि नेपाली गित संगीतमा क्रियासिल गीतकार तथा संगीतकार श्रीकृष्ण बम मल्ल अहिले भिडियो निर्देशकका रुपमा देखा परेका छन्| गित संगीतका विभिन्न विधामा हातहालिसकेका मल्लले अभिनय पनि गरिसकेका छन्| यिनै प्रतिभाशाली संगीतकर्मी श्रीकृष्ण बम मल्लको संगीत तथा भिडियो निर्देशनमा “छट्पटिमा छोड्नु भन्दा ढलायर जाउ” बोलको गित भिडियो सहित सार्बजनिक भयको छ|

दिपाशा छेत्रीको सब्द रचनालाई सुमधुर संगीतमा ढालेर प्रमोद खरेलको स्वरमा स्वरबद्ध गरियको गित “छट्पटिमा छोड्नु भन्दा ढलायर जाउ”मा बिछोडका पिडा पोखियको पाइन्छ| यो गीतमा साहस शाक्यको संगीत संयोजन रहेको छ|आर . एस . डिजिटल प्रा . लि .को उत्पादन बितरण रहेको एल्बम “दिपाशा”मा संग्रहित उक्त गीतको भिडियोमा सनम र दिपाशाको अभिनय रहेको छ| ज्ञानेन्द्र शर्माले खिचेको उक्त भिडियोलाई टेकेन्द्र साहले सम्पादन गरेका हुन्|