आर्जन कसको मायामा हराय ?

arjanआफ्नो अलग खालको टोनले एउटा छुटै पहिचान बनाइ, निरन्तर उत्कृष्ट गीतहरु नेपाली दर्शक श्रोता माझ पस्कन सफल भएका गायक आर्जन पाण्डे फेरी पनि एउटा चर्चाको बिषय बन्न पुगेका छन् ।गायक आर्जन पाण्डेले आफ्नो सांगीतिक यात्रा “ओइलिएर झर्न दिन्” बोलको गितबाट आफ्नो यात्रा सुरु गरेका थिए जसमा केकी अधिकारीले आफ्नो अभिनय प्रस्तुत गरेकी थिइन् ।

आफ्नो हरेक भिडियोमा लगातार एउटै अभिनेत्री दोहोराउनु भनेको यी दुई बीच केहि प्रेमको गुपचुप चलिरहेको संकेत दर्शक श्रोताले गर्न थालेका छन् ।सुरुबाटनै आर्जनले केकिलाई आफ्नो हरेक भिडियोमा राखेका थिए र फेरी पनि आफ्नो नयाँ गित “तिम्रो मायामा हराए” बोलको भिडियोमा राखेका छन् ।उक्त गीतमा केकीको साथमा आफुले पनि अभिनय गरेका छन्| सोहि गीतमा शब्दरसंगीत कमल खत्री तथा संगीत संयोजन मोहित मुनालको रहेको छ ।चर्चित भिडियो निर्देशक बिशाल भण्डारीको निर्देशनमा बनेको म्यूजीक भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन् भने निसान घिमिरेले सम्पादन गरेका हुन् ।उक्त भिडियोलाई Music Joy Media ले बजार व्यवस्थापन गरेको छ ।