गायक भुवन प्यासी फेरी पनि अर्को नयाँ गीत “झम्के झम्के साँझमा”को भीडियो लिएर आएका छन्। हालै सार्वजानिक गरियको गीतमा संगीत तथा शब्द राजेन्द्र बजगाईंको रहेको छ|
चर्चित भिडियो निर्देशक बिशाल भण्डारीको निर्देशनमा बनेको म्यूजीक भिडियो अर्जुन तिवारीले छायांकन गरेका छन् भने निसान घिमिरेले सम्पादन गरेका हुन् । उक्त भिडियोमा रिमा बिस्वकर्मा र गम्भीर विष्टको अभिनय रहेको छ । “चुम्न देउन हे काली” बोलको गीतबाट गायक भुवन प्यासीले आफ्नो सांगीतिक यात्रामा आफ्नो प्रिथक पहिचान बनाएर नेपाली युवा युवतीहरुको मन मुटुमा बस्न सफल भएका थिए |