नेपाली आधुनिक तथा चलचित्र गित सांगीतमा फरक पहिचान बनायका गायक स्वरुपराज आचार्यको स्वरमा नयाँ गित “गयौ जब ” को म्युजिक भीडियो सार्वजनिक भएको छ । सार्वजानिक गीतमा संगीत तुला कुवरको तथा शब्द देवदत्त भट्टको रहेको छ| बिछोडका पिडा भाव व्यक्त गरियको उक्त गीतको भिडियोमा अस्मीक, मन्दिरा, नेहा तथा सविनको अभिनय रहेको छ ।
भिडियो निर्देशक मनोज बिष्टको निर्देशनमा बनेको म्यूजीक भिडियो ज्ञानेन्द्र शर्माले छायांकन गरेका छन् भने बिकाश धमलाले सम्पादन गरेका हुन् । उक्त भिडियोमा प्रेम, मिलन र बिछोडलाई प्रस्तुत गरिएको छ ।