सांगीतिक समुह नेपथ्य र अमेरिका जब जोडिन्छ तब केहि चर्चा चुलिने गर्छ| केहि समय अगि VISA रिजेक्टको कुराले आकाश छोयको थियो भने गत बर्षको एउटा मात्र शोले पनि अनेक प्रश्न खडा गरेको थियो| गत बर्ष नेपथ्य न्यु योर्कमा आउदा अन्य राज्यहरुबाट पनि कार्यक्रमको लागि पहल गरियको थियो तर सबै मिथ्या भयको थियो| कुनै पनि नेपाली कलाकारको भन्दा धेरै ठुलो माग ब्याण्डले गर्ने गरेको छ चाहे त्यो पारिश्रमिकको कुरा होस् या हस्पिटालिटिको कुरा होस् या भेन्युको कुरा या साउण्ड सिस्टमको कुरा सबैमा नेपथ्यको आफ्नै अडान हुने गरेको छ|
अहिलेको न्यु योर्कको कार्यक्रमबाट फेरी केहि कुरा उठेका छन्| उच्च पारिश्रमिक, महँगो भेन्यु, महँगो हस्पिटालिटिको माग ब्याण्डबाट हुनु कुनै नौलो कुरा भयन त्यो यहाँ पनि देखियो| स्थानीय कलाकारलाई कार्यक्रमको सुरुवात गर्न पनि दियियन| ४०, ५०, ७५ र १०० डलरका टिकट थिय तर ब्याण्ड म्यानेजरले सुरक्ष्याकर्मीलाई सस्तोलाई पनि महंगोमा जना दिनु भनेका कारणले पनि आयोजकलाई मर्का परेको कुरा उठेको छ| यति मात्र होइन सुरुमा कन्सर्ट पछि डी जे पार्टी हुने भनेर टिकट बेचियो तर ब्यान्डले आफ्नो मात्र कार्यक्रम बनाउनका लागि उक्त डी जे शो हटाइयो जसले गर्दा धेरै दर्शक निरास बने| केहि दर्शकका अनुसार ६ बजे ढोका खोलियता पनि ९ बजे बाट ११:१५ सम्म मात्र छोटो शो भयकाले आफ्नो पैसाको पुरा फाइदा उठाउन नसकेको गुनासो पनि गरेका छन्| कुनै पनि कन्सर्ट हेर्न जादा कलाकारलाई भेट्न पाउने आशा गर्नु स्वाभाविक हो अझ बिदेशमा हुने कार्यक्रममा प्राय फोटो सेसन पनि राखिन्छ तर नेपथ्यसंग दर्शक श्रोताले भेट्ने फोटो खिच्ने भनेको त टाडाको कुरा भयो आयोजकले पनि समय लियर मात्र भेट्न पर्ने अवस्था आयको बुझियाको छ| यद्यपि कार्यक्रममा मन्त्रि देखि राजदुत सम्मको उपस्थिति थियो र कार्यक्रमभर भरपुर मनोरंजन लिने पनि देखिय | आशा गरौ आगामी दिनमा सबैलाई सहज हुने कार्यक्रम आयोजना होउन|