सांगीतिक परिवारमा जन्मियका सन्जिब कुमारले “बिलौना” नामक एक लोक गित बाट आफ्नो सांगीतिक यात्रा सुरु गरेता पनि आफ्नी बहिनि रेखा पौडेलको एकल संगीतमा करिब तिन बर्ष अगि आधुनिक गीति एल्बम “अठोट ” सार्बजनिक गरेका थिय | गायक सन्जिबले अनेक आरोह अबरोह पार गर्दै दोश्रो एल्बम ” अतृप्त ” लाई तयार पारेर आफ्नो सांगीतिक यात्रा जारी रहेको प्रमाणित गरेका छन् | नेपाल प्रज्ञा प्रतिष्ठानमा एक भब्य समारोहमा आकाश अधिकारी , देबी माया पौडेल , आनन्द कार्की, राजु सिङ्ग , लोकेश ढकाल , बसन्त सापकोटा , मुस्कान ढकाल , अमर तिमल्सिना लगायतको हातबाट एल्बम “अतृप्त” सार्बजनिक गरियको हो| कार्यक्रममा आफ्नो शुभकामना मन्तब्य राख्दै अग्रज ब्यतित्वहरुले यस एल्बमको सफलताको शुभकामना समेत ब्यक्त गरेका थिए भने आफ्नै ममतामयी माता देबी माया पौडेलले पनि दुई आफ्ना मुटुका टुक्रा छोरा सन्जिब र छोरी रेखाको सांगीतिक यात्रा अझै धेरै फस्टाओस भन्दै आशिर्बाद ब्यक्त गर्नु भएको थियो ।
एल्बम ” अतृप्त ” भित्र ६ वटा गितहरु रहेका छन् | जसका शीर्षक तिमि टाढा , यो मन छलेर , छोडेर गई मुटु , तिम्रै माया लाग्छ , खाएको नुन बिर्सिदियौ र पोल्छ मुटु हुन् । एल्बमका सबै गीतहरुलाई रेखा पौडेलले संगीत भरेकी छिन् भने , तुलसी बस्नेत , किरण खरेल , सन्जिब कुमार पौडेल , सन्जिब थापा र बसन्त कुमार चौधरीको शब्द रचना रहेकोछ र साथमा “यो मन ” बोलको गीतमा गायक सन्जिब कुमारलाई गायिका राजीना रिमालले साथ दिएकि छिन् । एल्बम अतृप्तलाई संजिबले स्व. पिता एवम् उनका संगीत गुरु किशोर पौडेल प्रति समर्पित गरेका छन्|