‘बहारमा रमाउने आस बाँकी छ अझैं
तिमी फेरी आउने आस बाँकी छ अझै’
‘तिम्रो प्यारको कला पनि देखियो
सारा शहर हुन मेरो दास बाँकी छ अझैं’
गीतकार गोबिन्द उपाध्यले आफ्नो एल्बम “सत्यता” को सिक्वेल भाग-३ गित तथा गजल संग्रहका का गीतहरु मध्ये भर्खरै युट्युब मार्फत अडियो सार्बजनिक भएको गीत ” बहारमा रमाउने आस बाँकी छ अझै ..” को केहि अंश हो यो | गीतकार गोबिन्द प्रसाद उपाध्यायका यिनै शब्दलाई गायक तथा संगीतकार कुसुम भट्टराईले सँगीत गरेका हुन् भने यसमा साहस शाक्यको संगीतसंयोजन रहेको छ ।
नया पुराना दुवै खाले संगीतकर्मी संग काम गर्न रुचाउने उपाध्यायले कहिले तीज गित त कहिले दशैं तिहार गित पनि सार्बजनिक गर्ने गर्छन| गीतकार गोबिन्द प्रसाद उपाध्यायको सब्द अनि गायिका प्रशना पान्डेको स्वरमा ” दशै आयो-खुशिको बहारल्यायो ” भन्ने बोलको गीत पनी बजारमा आएको छ । उपाध्याय कै सब्द रहेको यस सालको तीज गीत : चलेछ मग मग बासना” ले पनी स्र्वोक्रिस्ट शन्देशमुलक तीज गीत शब्दको अवार्ड प्राप्त गरेको थियो। गीतकार गोबिन्दका यसअघिका दुई एल्बमहरुले विभिन्न एफएम र टेलिभिजनका म्युजिक अवार्डहरुमा उत्कृष्ट गितकारको पुरस्कार पाइसकेका छन् । गीत सिर्जनालाई ध्यानको संज्ञा दिने गोबिन्द आफ्नो व्यस्त समयबाट फुर्सद निकालेर साँझपख गित रच्नेगर्छन् ।