गायक जगदीश समाललाइ “आज पनि उस्तै भयो”

jagadish-samalगीतकार आर. बि खड्काको एकल शब्द अनि गायक तथा संगीतकार अर्जुन रसाइलीको एकल संगीतमा म्युजिक जोय मीडीयाले बजारमा ल्याउने  तयारि  गर्दै गरेको एल्बम ‘तिम्रो तस्बिर ‘को “आज पनि त्यस्तै भयो ..” बोलको आधुनिक गित भिडियो सहित सार्बजनिक गरियको छ| आजको दिन पनि उस्तै भयो हिजो अस्तिको जस्तै भयो तिम्रो यादमा डुब्दा डुब्दै ननिदाई रात बित्यो .. यस्तै मायालुका यादमा डुबेका भावना भयको उक्त गित सुमधुर स्वरका धनी , चर्चीत गायक जगदीश समालले गायक छन्| यो गित मार्फत उनि लामो समय  पछि फेरि सागीतिक क्षेत्रमा फर्कीएका छन ।

यो गीतको भीडीयो पनि म्युजिक जोय मीडीयाले नै बनाएको हो जसमा संगीत सम्योजन चाँद सीङले गरेका हुन । मनोज बिष्टको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा जीवन भट्टराई र अनु शाहाले अभिनय गरेका छन भने छायाङ्न ज्ञानेन्द्र शर्मा हुमागाईंले गरेका हुन । टेकेन्द्र शाहाले सम्पादन गरेको यो भीडीयोले दर्सकको माया बटुली रहेको छ ।