काली काली मान्छेलाई “गोरी भन्दा रैछन”- हेमन्त शर्मा

सधै हसिला साथै रसिला देखिने गायक हेमन्त शर्माका गीतहरु पनि सदाबहार छन्| समयसंगै चल्दै आयका गायक हेमन्त शर्माले नयाँ गीत “गोरी भन्दा रैछन” भिडियो सहित आफ्नै यूट्यूब च्यानल “हेमन्त शर्मा” बाट सार्बजनिक गरेका छन् । एउटी चन्चले युवतीलाई जिस्कायका सब्द गायक आफैले रचेका हुन् भने प्रसिद्ध संगीतकार सुरेश अधिकारीले लोक आधुनिक पाराको संगीत भरेका छन् जसलाई महाराज थापाले संगीत संयोजन गरेका छन् ।

गीतको भिडियो गायक शर्मा आफैले गरेका छन्| सब्द , गायकी भन्दा अलि पछि पर्ने निर्देशनलाई हरि हुमागाईको छायांकन अनि कास तुलाधरको सम्पादनले स्तरिय बनायको छ| बैबाहिक जिबन पछि अष्ट्रेलियामा बस्दै आएकी नायिका ऋचा सिंह ठकुरी थापालाई गायक शर्माले आफ्नो भिडियोमा आफूसंगै अभिनय गराएका छन् भने साथमा डिट्ठासाबका नामले लोकप्रिय बनेका कलाकार किशोर भण्डारीलाई पनी खेलाएका छन् । शुभकामना छ हेमन्त शर्मालाई उनको यो नया गित पनि सबै नेपालीको मन मुटुमा र ओठमा बस्न सफल होस्|