नेपालि गित संगीतको उत्थान तथा प्रबर्दन गर्नका लागि चर्चित गायक जोडी कन्हैया सिंह र अन्जना गुरुङ्गले २०७० सालमा ‘टिका गोपाल डिजिटल एम कृएसन प्रा. लि.’, स्थापना गरेका हुन्| गायक कन्हैया सिंहकि स्वर्गिय माता टिका माई परियार र पिता गोपाल सिंह परियारको समझनामा यसै बर्ष देखि “टिका गोपाल संगीत छात्रबृती कोष”को इस्थापना गरेको छ उक्त कोषको सम्योजकमा कन्हैया सिंहकी बहिनी र कम्पनिकी बजार ब्यवस्थापक गिता परियार छन् भने प्रमुख छनौट समितिका दुइ निर्णायकमा संगीतकार सन्तोष श्रेष्ठ र गितकार एवम पत्रकार सुमन बैरागी हुनु हुन्छ ।
गायनमा सम्भावना भएका संगीत छेत्रमा केहि गर्न सक्ने खालका तर आर्थीक अभावका कारण खुम्चिनु परेका युवा युबतीलाई छात्रबृती दिने उद्देश्य अनुसार यो बर्षको छात्रबृती दाङ्गकि ममता थापा र सर्लाहिका गणेश श्रेष्ठलाई प्रदान गरिएको हो ।
छात्रबृती पाएका ममता र गणेशले यसै साता देखि साधना कला केन्द्रमा बरिस्ट संगीत प्रशिक्षक प्रकाश गुरुङ्बाट गायन शिक्षा आरम्भ गर्दैछन । शुभकामना छ यी दुइ भविष्यका नेपाली सांगीतिक फाँटका नक्षेत्र बनुन|