गोपी दाहालको नया गीत “बास गर मेरी माया” सार्वजनिक

राजेश पायल राइको स्वरमा  अमेरिकामा रेकर्ड गरियको गित भिडियो सहित सार्बजनिक भयको छ|  नेपाली गीत संगीतमा आफ्नो अमुल्य योगदान दिदै आएका रचनाकार गोपी दाहालको नया गीत सार्वजनिक भएको छ । उनको शब्द रचनामा तयार भएको “बास गर मेरी माया” बोलको गीतमा संगीतकार तथा कम्पोजर अम्बर तुम्बापो सुब्बाले संगीत भरेका छन् भने गायक राजेश पायल राईले आफ्नो सुमधुर स्वरले गीतलाई अझै राम्रो बनाएका छन् ।सबै खालका गीत रचना गर्ने खुबी बोकेका उनले अहिलेको माहोललाई मध्य नजर गरेर अहिलेको नया गीत तयार गरेका छन् । अमेरिकामा बसेर मेहेनत गरेर काम गर्दा पनि नेपाली गीत संगीतको लागि भने उनले अलिकति पनि समय कम हुन दिएका छैनन् । गीतमा अम्बर तुम्बापो सुब्बाको संगीतले ठुलो भूमिका खेलेको छ । उनको कामको पनि यति बेला औधि चर्चा भईरहेको छ । अमेरिकामा मात्र नभएर नेपालमा पनि उनको कामको उल्लेखनीय प्रशंसा भईनै रहेको छ ।

गीतको म्युजिक भिडियो पनि निकै नै राम्रो तयार भएको छ । यसको निर्देशन पनि स्वयम रचनाकार गोपी दाहालले नै गरेका छन् । उनि यसै म्युजिक भिडियो मार्फत निर्देशन तर्फ पनि यात्रा सुभारम्भ गरेका छन् । प्रस्तुत म्युजिक भिडियोमा भानु तिवारी , मुना बस्नेत र प्रकाश नौभागले अभिनय गरेका छन् । ल्याब ३ कृयुको प्रस्तुति रहेको यस म्युजिक भिडियोलाई लक्ष्मी अधिकारीले निर्माण गरेका हुन् ।

उनको अरु पनि धेरै कामहरु आउने तयारीमा रहेका छन् । आगामी दिनहरुमा दर्शक श्रोताहरुको लागि आफुले धेरै नया कुराहरु पेश गर्ने तयारीमा रहेको कुरा उनले उल्लेख गरेका छन् । यस्तै उनले आफुले निर्देशन गरेको पहिलो कामको बारेमा प्रतिक्रिया प्रदान गरिदिनुहुन सबै माझ बिन्ति समेत गरेका छन् । आफ्नो कामलाई हेरेर सुनेर त्यहाँ भएका कमि कमजोरीहरुलाई औल्याएर सहि ढंगले मुल्यांकन गरि सल्लहा सुझाबको साथमा अगाडी बढ्ने हौसला समेत प्रदान गरिदिनु हुन दर्शक श्रोताहरुलाई उनले हृदय देखि नै हार्दिक अनुरोध समेत गरेका छन् ।साभार manoranjansansaar