सांगीतिक परिवारमा जन्मियर हुर्कियका कुशल खेलाडी समेत रहेका गायक अजर जंगम गित संगीतमा पनि आफ्नै पहिचान बनाउदै छन्| केहि अवार्ड्स समेत हात परिसकेका गायक अजरले पछिल्लो पटक “मेरा रोदन” बोलको गीतलाई भिडियो सहित सार्बजनिक गरेका छन्| चाहियन सागर नामक गिति संग्रहका लागी गीतकार लक्ष्मण राईले रच्नु भएका कारुणिक शब्दहरुमा संगीत भर्नु भयको छ वरिष्ठ संगीतकार दीपक जंगमले| छायामा परेका कुरामा प्रकाश छर्ने प्रयास यो गीतले गरेको छ | आवाज नसुनियका कुरा, ओत लाग्न नपायको कुरा , आँशु नदेखियको कुरा , दोबाटोमा पछारियको कुरा, पौरखको पहिचान नभयको कुरा आदिखाले रोदन गीतमा सुन्न सकिन्छ| गायक अजर जंगमले आफ्नो कारुडिक स्वरले गीतलाई जिवन्त पर्ने प्रयाश गरेका छन्|
बारकोड़ प्रडक्सनको ब्यानरमा निर्माड भयको भिडियो बिभोर पोखरेलले निर्देशन तथा सम्पादन गरेका हुन्| अनिल के मानन्धरले छायांकन गरेको उक्त भिडियोलाई सतिस श्रेष्ठले कलर करेक्सन र भी एफ एक्स को काम सम्हालेका छन्| गायक अजरले यो गित गाउन जसरि भावमा डुबेका छन् त्यसरी नै भिडियोमा पनि अभिनयमा डुब्ने कोशिश गरेका छन् अनि उनलाई अभिनयमा साथ् दियकि छिन् स्मृति दाहालले| शुभकामना छ सम्पूर्ण युनिटलाइ यो गीतले गहिरो छाप छोड्न सफल होस् र यी रोदन सुनिउन , देखिउन, र छलफलका बिषयबस्तु बनुन|
https://youtu.be/IaxI8Lj4oZ8?t=118