गित भित्र विभिन्न कथा ब्यथा पाउन सकिन्छ तर कति गित यस्ता हुन्छन जुन आफैमा छुट्टै कथा बनेका हुन्छन| त्यस्तै गित मध्ये एक हो “जता हेरे पनि हजुर पूर्वै रमाइलो”, जुन ८ वर्षा अगि इटहरीमा आयोजित प्रतियोगितामा प्रथम भएको थियो| सबै जसो पुर्बेलिको मन मस्तिस्कमा बस्न सफल बनेको थियो| रमाइलो भेटघाट, मेल पर्ब , उत्सब , महोत्सब सबै तिर गुन्जिने गित “जता हेरे पनि हजुर पूर्वै रमाइलो” को केहि दिन अगि सम्म भिडियो भने बनेको थियन| सिंगै पुर्वाञ्चलको प्रतिनिधि गीत भन्दा फरक नपर्ने उक्त गीतका रचनाकार गौरब दर्पण हुन्| माया प्रेममा पुर्बका विभिन्न ठाउको बयान साथै पुर्बेलिहरुको बखान यो गीतमा पाउन सकिन्छ | गायक गौरभ दर्पण र श्रृष्टि हिङमाङको आवाजमा सजिएको यो गीतलाई कमला खनालले पुर्बेली भाकामा संगीतबद्ध गरेकी छिन् भने पवनवाङ लामाले संगीत संयोजन गरेका छन्।
गीतकार, गायक तथा परिकल्पनाकार गौरभ दर्पणको यो गीतलाई सन्तोषकुमार श्रेष्ठ र आशिका भन्डारीको लगानीमा भिडियो सार्बजनिक गरियको छ| गायक तथा निर्देशक शान्तिम कोइरालाको निर्देशनमा निर्मित भिडियोलाई अर्जुन तिवारी, राम केसी र चर्चित ढुंगेलले पूर्वका विभिन्न धार्मिक र पर्यटकीय स्थलमा छायांकन गरेका छन् भने कवि मिलन र दिनेश माङमुले नृत्य निर्देशन गरेका छन्| भिडियोमा सुप्रिया कटुवाल र दीपक बास्तोले अभिनय गरेका छन् ।