उत्तम भण्डारीको शब्द, संगीत तथा अभिनय रहेको नया गित “म त मायालाई”

चाहे नेपाली संगीतको नाफाको बजार होस् या नहोस नया नया गित संगीत सार्बजनिक हुने क्रम घटदो छैन| यहि दौरानमा गीतकार उत्तम भण्डारीले अभिनय गरेको म्यूजिक भिडियो “म त मायालाई” सार्वजनिक भएको छ।गीतकार उत्तम भण्डारीकै शब्द र संगीत रहेको Uttam 5 एल्बममा रहेको उक्त गीत लोकपप धारमा बनेको छ| रमाइला माया प्रेमका कुरा , मिलन बिछोडका कुरा बडी विरहका भावना उक्त गीतमा पाइन्छ| अत्यन्तै मिठो आवाजकि धनि गायिका जुनु रिजाल काफ्लेको स्वरमा सजियको छ ।सार्वजनिक भिडियोले अहिले निकै नै चर्चा बटुल्न सफल भएको छ र उक्त भिडियोमा मोडल मोनिका बुढाथोकी सास्कृतिक परिभेसमा निकै नै राम्री देखिएकि छिन्। मनोज बिष्टको निर्देशनमा बनेको भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईको छायाँकन साथै टेकेन्द्र शाहको सम्पादन रहेको छ।