भनिन्छ सुन्दरता भन्ने कुरा हेर्नेको आँखामा भरपर्छ| एउटै कुरा पनि व्यक्ति अनुसार फरक फरक परिभाषित हुन सक्छ तर पनि केहि कुरा भने निश्चित छन् जस्तै फुल र काँडामा फुलनै राम्रो मानिन्छ तेस्तै दाग भयको भन्दा नभयको राम्रो मानिन्छ| यिनै सुन्दरताका प्रयाबाची बनेका कुराको सिमा नाघ्ने सुन्दरीको बयान गर्न खोजियाको छ राम कृष्ण ढकालको स्वरमा रहेको गित “यस्तो को हौ तिमी ?” मार्फत| श्रृंगारलाई पनि लाज लाग्ने, फूलले बास्ना सापटी माग्ने, मुस्कान तिमीलाइ देखेर हाँस्ने, सिम्रिकले पनि रङ साट्ने, मोतीसरी सागरले राख्ने, सौन्दर्यताको सिमाना नाघ्ने, यस्तो को हौ तिमी ? यस्तै शब्दमा बयान गरेका छन् गीतकार मनिष बशिष्ठले |संगीतका पारखी कुशल गायक तथा संगीतकार दावा गुरुङ्गले संगीतबद्ध गरेका छन् भने सुमित बिश्वकर्माले सङ्गीत संयोजन गरेका छन्|गीतमा शब्द , संगीत तथा स्वर सबै पक्ष्यबाट सबल देखिन्छ| स्थाही होस् या अन्तरा सबैमा मिहिनेत झल्किन्छ|
निर्देशक निकेश खड्काले कालिन्चोक गयर छायांकन गरेको भिडियोमा गायक राम कृष्ण ढकाल कै श्रीमती नीलम शाह ढकालको सुन्दरतालाई उतार्ने कोशिस गरियको छ| उक्त भिडियोमा अर्जुन तिवारीको छायांकन र निशान घिमिरेको सम्पादन रहेको छ|