पहिलो एल्बम “सत्यता “बाटै केहि अवार्ड सहित चर्चा बटुलेका गीतकार गोविन्दप्रसाद उपाध्यायको दोस्रो एल्बम सत्यता–२ मा अन्जु पन्त र मनोज राजलाई “कस्तो माया लाईयो हजुर” को बोल को गीतको भिडियो मार्फत फेरि साङितिक मिलन गराउनु भएको छ। केहि समय अगिनै चर्चित बनेको यो गीतको भिडियो हालै सार्वजनिक भएको छ । म्युजिक नेपालले बजार मा ल्याएको यो सत्यता -2 मा जम्मा ७ वटा गीत संग्रहित गरिएको छ । एल्वममा अन्जु पन्त, मनोज राज, राज सिग्देल, आश्था राउत लगायताका गायक गायिकाको स्वर समावेश गरिएको छ ।
गीतकार गोविन्दप्रसाद उपाध्यायको एल्बम ‘सत्यता २’ मा समेटीएको यो गीतमा धेरै पछि अन्जु र मनोजले एक साथ गाएका हुन् । यसरी अन्जु र मनोजकै कथालाई गितमा उन्ने र उनीहरुकै स्वरमा गाउन लगाउने अवधारणा भने गीतकार गोविन्दप्रसाद उपाध्यायको हो। वहा भन्नु हुन्छ सङितले सबैलाई नजिक गराउदछ। अन्जु र मनोजबीचको दाम्पत्य सम्बन्ध टुटे पनि संगीतको सम्बन्ध टुट्नु हुन्न भनेर मैले एउटा योजना बनाएँ । दुबै जल्दा बल्दा कलाकार आफ्ना भावनालाई दुबैले मिलेर गाउन भनेर मैले गीत रचेँ, हरीले बेजोड संगीत भरे, अनी अन्जु र मनोजले उत्तिकै मार्मीक ढंगले गाए’, गीतकार गोविन्द भन्छन् ।
यस गीतको सङित हरि लम्सालको रहेको छ भने सङित सम्योजन किरण कडेल ज्युको रहेको छ। यो गीतको भिडियोमा सागर र अनु शाह को प्रमुख भुमिका रहेको छ । सिनेमेट्रोग्राफर सुदिप बराल को छायांकन रहेको भिडियोलाई दिपक खाडले निर्देशन गर्नु भएको छ ।