अनुष्का र युवराजको “मनको दाग” हेर्नुहोस

मायाको संसार नामक गीति एल्बम संगै नेपाली गीत संगीत जगतमा देखा परेकी अनुष्का पाठक, गीत  संगीतमै सक्रिय रहदै आयकि छिन्| प्राय सबै गायक गायिकाको मनमा यस्तो गित गाउन पाय या यस्तो गित बनाउन पाय हुन्थ्यो भन्ने इछ्या हुन्छ तर कतिले लेख्न जान्दैनन् त कतिले संगीत भर्न| तर गायक युबराज अनि गायिका अनुष्काले भने आफ्नो मनको कुरा पुरा गरेका छन् यो नया गित “मनको दाग” मार्फत| अनुष्काले मनमा आयको कुरा शब्दमा पोखेकी छिन् भने युवराजले संगितभरेका छन् अनि युगल गायनमा तयार भयको छ “मनको दाग”| उक्त गीतलाई महाराज थापाले संगीत संयोजन  गरेका हुन।जुन गित आधुनिक गीतका परखिका लागि अनुपम उपहार बन्नेछ|

भुषण दाहालले निर्देशन गरेको उक्त गीतको म्युजिक भिडियोमा गायक र गायिका स्वयमले उत्कृष्ट अभिनय गरेका छन।धीरज जङ शाहको छायान्कन रहेको यस भिडियोलाई भरत मणी रेग्मिले सम्पादन गरेका हुन।