मनोजको मोडलिंग यात्रा

करिब १५ बर्ष देखि संचार जगतमा सक्रिय मनोज बिस्टको संचार यात्रा रेडियो प्राबिधिकबाट सुरु भयता पनि उनले समय अनुसार आफुलाई परिमार्जित गर्दै आइरहेका छन्| म्युजिकजोय मिडिया संचालनगर्दै भिडियो निर्देशक बनेका बिस्ट मोडलिंग तर्फ पनि पाइला चाल्न थालेका छन्| उनले निर्देशन गरेको नयाँ गीत “धरानको बजारमा”मा उनको पनि अभिनय रहेको छ । गायक संसार दिलिप तथा सीमा संग्रौलाको संयुक्त आवाज रहेको “धरानको बजारमा” बोलको गीतमा बिनोद प्रियदर्शी राईको शब्द र संगीत रहेको छ भने भिडियो मनोज बिस्टले नै निर्देशन गरेका छन् ।
भिडियोमा निर्देशक बिष्टको साथै अफ्सना र अस्मिकको अभिनय देख्न सकिने छ । भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ।