२०६० र २०६७ सालमा गरि दुई वटा आधुनिक गीतको एल्बम निकालेका गायक नारायण धिताल हाल बेल्जियममा रहेर पनि संगीतलाई निरन्तरता दियिरहेका छन् | ‘देखे तिमीलाई’ बोलको गीतको भिडियो मार्फत फेरी आएका छन् । यो गीतमा आफ्नै शब्द ,संगीत एबम सुमधुर स्वर रहेको छ ।यसै गरि यो गीतको म्युजिक भिडियोलाई दीपेश रेग्मीले निर्देशन गरेका छन् । स्कटल्याण्डको रमणीय स्थानमा छायांकन गरिएको भिडियोमा अञ्जना घले र सुवास सापकोटाको अभिनय देख्न सकिन्छ ।