हेमन्त शर्माको  गफ सुन्नु भयो? 

गायक hemat sharmaहेमन्त शर्मा नेपाली पन् अनि नेपाली मन भयका गित बनाउने गाउने गर्नु हुन्छ। उहाका गित सुन्दा आनन्द आउछ भन्छन श्रोताहरु। धेरैले त आफ्नै कथा पाउछन  उहाका
गितहरुमा। मर्मिक गितहारु जस्तै मायात यस्तो होस, हास्नै  पर्छ भन्नेमा पनि , सहरमा माया हराउदो रैछ् हुन या माया प्रेमका रमाइला जाले रुमाल, उकालि, पाउजुत राम्रो य देश प्रेमको भाब भयको अबत ढिला होस सबै गितमा उनको एकप्र्कारको आफ्नो पन पाउन सकिन्छ तर पनि दिनरात नया कोसेली दीने कोशिसमा रहनुहुन्छ हेमन्त शर्मा। समय परिस्थिति संगै आफुलाइ चलाउदै लैजाने कमै गायकमा पर्नु हुन्छ। समय संगै गाउनेबाट संगीत भर्ने अनि गित लेख्ने गर्न थाल्नु भयो। समयसंगै आफ्नै कम्पनि खोल्ने र अहिले आयर भिडियो निर्देशन पनि गर्न थाल्नु भयो।

ऊहाको केहि समय अगाडि सार्बजनिक गरियको गित “उडेको रेल पनि रोकदिन्थे म ” सम्म आइ पुग्दा उहाले गित लेख्ने, सङित भर्ने, गाउने , कम्पनि सन्चालन गर्ने र भिडियो निर्देशन र अभिनय गर्ने भुमिका निभाउनु भयको छ।  गितमा चर्चित कलाकर पल शाह , केकी अधिकारी र पुष खडकाको अभिनय  रहेको छ। यो गितमा अल्लारे उमेरमा आफुलाइ मनपरेको  मान्छेको मन जित्न कस्ता कस्ता गफ लगाइन्छ भन्ने कुरालाइ गित मार्फत ब्यक्त गरियको छ। अरु बिस्त्रीतमा थाहा पाउन गित नै सुन्नुस अनि हेर्नुस।