पछील्लो समय खाडी मुलुक कतारलाई प्याटफर्म बनाएर नेपाली सांगीतिक आकाशमा चम्कने कलाकारहरुको संख्या पछिल्लो समय बढ्दै गएको छ । यसैक्रमबाटै उदाएका गायक हुन युसुफ खान । यिनै गायकको साङितिक यात्राको पहिलो कोशेली स्वरुप नयाा गीत तथा भिडियो सार्वजनिक भएको छ । “युसुफ” नामक एल्बममा समेटिएको ” तिम्रो नयन” बोलको भिडियोलाई ‘ आर्टिस्ट नेपाल ’ले सार्वजनिक गरेको छ ।
यस आधुनिक गीतमा स्वर र शब्द रचना युसुफ खान आफैले गरेका छन् भने कल्याण सिंहले संगीत भरेका छन् । राजाधानीको डोरेमी स्टुडियोमा प्रदिप जोशीले यस् गीतको संगीत संयोजन गरेका छन । वैदेशिक रोजगारीको शिलशिलामा कतारमा रहने गायकले आफु जता भएपनी अब निरन्तर संगीतमा रमाउने उनि आफैले थुप्रै गीत लेखीसकेको र अरु गीत पनि चाडै नै बजारमा आउने खानले जानकारी दिए ।
म्युजिक भिडियोमा अमृत सुनुवारको छायााकनमा माधव बेल्बासेको सम्पादन रहेको छ । गीतलाई निर्देशक नव ढुंगेलले निर्देशन गरेका हुन । यसै म्युजिक भिडियोमा मोडलिंग क्षेत्रमा डेब्यु गरेका समिम खानलाई मोडल तथा नायिका अनु शाहले साथ दिएकि छिन् । नन्दा अधिकारीको मेकअपमा दुबै आर्टिस्टहरु आकर्शक देखिएका छन । धादिङको रमणीयस्थल बेनिघाट बिगफिगमा छायांकन भएको भिडियोमा दुवै मोडलको आकर्षण प्रस्तुती देख्न सकिन्छ ।